सरकारले स्वास्थ्य सामग्री खरिद अनियमितताको छानबिन गर्ने

२२ साउन, काठमाडौं ।
सरकारले स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने भएको छ। केपी शर्मा ओली सरकारको समयमा भएको अनियमितताको प्रकरणमा वर्तमान सरकारले पुनः छानबिन गर्न लागेको हो ।

Advertisement

वर्तमान गठबन्धन सरकारको साझा कार्यक्रममा मेडिकल सामग्री खरिदमा भएको अनियमितता छानबिन गरी दोषीलाई कारबाही गर्ने पनि समेटिएको छ ।

तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइराला, स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक महेन्द्र श्रेष्ठ, मन्त्री ढकालका विज्ञ सल्लाहकार डा खेम कार्की लगायत अनियमिततामा मुछिएका थिए। उनीहरुमाथि संसदको लेखा समितिलेसमेत सोधपुछ गरेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top