लर्डसमा हुने त्रिकोणत्मक श्रृखंला र नेदरल्याण्ड्सविरुद्धको एकदिवसीय खेलका लागि नेपाली टोलीको घोषणा, को–को परे टिममा?

विराटनगर, असार २२

बेलायतमा हुने नेपाल, मेरिलबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्ड्सविरुद्धको खेल र नेदरल्याण्डस्मा हुने घरेलु टिमविरुद्धको एकदिवसीय खेलका लागि २० सदस्यीय नेपाली टिमको घोषणा भएको छ ।
नेपालले अन्तर्राष्ट्रिय मान्यता पाएपछिको पहिलो विदेश भ्रमणमा दुई वटा अन्तर्राष्ट्रिय श्रृखंलाका लागि घोषणा गरिएको टिममा विनोद भण्डारी र सुवास खकुरेल, प्रदिप ऐरीले कमब्याक गरेका छन । यस्तै हरि क्षेत्रीले पहिलो पटक टिममा स्थान बनाएका छन ।

पारस खड्काको कप्तानीमा रहेको टिममा अनिल शाह, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, हरि क्षेत्री, करन केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, प्रदिप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल, सुनिल धमला, सुसान भारी रहेका छन ।

Advertisement

यही जुलाई २९ तारिखमा लर्डस्मा नेपाल, मेरिलबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्ड्स बीच त्रिकोणात्मक श्रृखंला हुनेछ । टी–२० फरम्याटमा हुने प्रतियोगितामा नेपालसहित एमसीसी र डच टिमको सहभागिता रहेको छ । नेपाल र नेदरल्याण्ड्सबीचको खेललाई आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिएको छ ।

उक्त त्रिकोणात्मक श्रृखंलापछि नेपाली टिम दुई एकदिवसीय खेलका लागि नेदरल्याण्ड्स जानेछ । जहाँ नेपालले घरेलु टिमसँग अगष्ट १ र ३ मा दुई खेल खेल्नेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top