असार २२ :मुस्ताङको स्याङबोचेमा ट्रक दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।
दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको ट्रक सडकबाट खस्दा ४ महिला र ११ जना पुरुषको मृत्यु भएको घटनास्थलमा रहेका प्रहरी हवल्लार कृष्णगोपाल परियारले जानकारी दिएका छन् ।
कालिगण्डकी कोरिडोरमा कार्यरत मजदुरहरु स्याङ्बोचेमा खाना खाएर तामाखोलातर्फ जाँदै गरेको बा २ क २२१९ नम्बरको ट्रक दुर्घटना भएको हो ।
गाडीमा २२ जनाभन्दा बढी थिए । घाइतेहरुको उद्दारका लागि हेलिकोप्टर जाँदैछ ।(अनलाइन खबर)