निरजले भारतलाई दिलाए टाेकियाे ओलम्पिककै पहिलो स्वर्ण

२३ साउन ७८, आइतबार

२३ साउन, एजेन्सी ।
टोकियो ओलम्पिक २०२० अन्तर्गत एथ्लेटिक्सको ज्याभलिन थ्रोमा निरज कुमारले भारतलाई पहिलो स्वर्ण दिलाएका छन् । शनिबार निरजले ८७।५८ मिटरको प्रदर्शनसहित स्वर्ण पदक जितेका हुन् ।

प्रतियोगिताको स्वर्ण पदक दावेदार मानिएका जर्मनीका जोहानेस भेटरले फाइनलमा समेत स्थान बनाउन नसक्दा निरजको स्वर्ण पदकको सम्भावना बलियो बनेको थियो । चेक रिपब्लिकका दुई खेलाडीले निरजलाई पछ्याएपनि पछि पार्न सकेनन् । चेकका याकुब भाद्लेचले ८६।६७ मिटरसहित रजत र भितेस्ज्लाभ भेसेलीले ८५।४४ मिटरसहित कास्य पदक जिते ।

पाकिस्तानका अर्शद नदीम ८४।६२ मिटरको प्रदर्शनसहित पाँचौ भए । एक समय पदक जित्ने सम्भावना देखाएका उनले पछिल्लो प्रयासमा सुधार गर्न नसक्दा पाँचौ स्थानमा सिमित रहे । अर्शदले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ८६।२९ मिटरको कीर्तिमानका साथ ओलम्पिकमा छनोट भएका थिए । उक्त प्रदर्शन दोहोर्याउन सकेको भएपनि उनले कास्य पदक जित्ने थिए ।

यता भारतले भने निरजको स्वर्ण सहित टोकियो ओलम्पिकमा पदक संख्या ७ पुर्याएको छ । भारतले १ स्वर्ण, २ रजत र ४ कास्य जितेको छ । भारोत्तोलनमा मिराबाई चानुले रजत पदक जित्दै भारतको पदकको सिलसिला सुरु भएको थियो । कुस्तीमा रवी दहियाले पनि रजत जितेका थिए ।

भारतले हक्कीबाहेक अन्य खेलमा स्वर्ण जितेको यो दोस्रो अवसर हो । यसअघि सुटिङका अभिनव बिन्द्राले सन् २००८ को बेजिङ ओलम्पिकमा स्वर्ण जितेका थिए । भारतले ओलम्पिकको एथ्लेटिक्समा कुनैपनि पदक जितेको यो पहिलो अवसर हो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top