नेपाल टाईम्स पाँचौ वर्षमा, रञ्जिता पोखरेल बनिन् उत्कृष्ट कर्मचारी

२४ साउन, विराटनगर ।
नेपाल टाईम्स मिडिया प्रा.लि. चौथो वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ । २०७४ साउन २४ मा स्थापना भएको नेपाल टाईम्सले आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी पाँचौ वार्षिकोत्सव मनाएको छ।

वार्षिकोत्सवको अवसरमा विराटनगरस्थित विग होटलमा एक विशेष कार्यक्रम गरी संस्थाका उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा कर्मचारीहरु मध्येबाट उत्कृष्ट कार्यसम्पादनका आधारमा कार्यक्रम प्रस्तोता रञ्जिता पोखरेललाई विशेष सम्मान गरिएको छ । कोभिड–१९ महामारीमा पनि अहोरात्र खटिएर उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै उनलाई विशेष सम्मान गरिएको हो ।

त्यस्तै प्राविधिक कर्मचारीहरु तर्फबाट कुशल कट्टेल र प्रतिक तिम्सिनालाई भिडियो इडिटिङ लगायत प्राविधिक कामहरु उत्कृष्टरुपमा सम्पादन गरेको भन्दै सम्मान गरिएको छ । उनीहरुलाई संस्थाका निर्देशक अरुण राठीले प्रशंसा पत्र प्रदान गरे ।

कार्यक्रममा संस्थाका निर्देशक राठी, मुकुल दाहालले सिमित स्रोत साधनका बाबजुद पनि संघर्ष गर्दै नेपाल टाईम्स छोटो समयमा नै दर्शक, पाठकको मनमा बस्न सफल भएको भन्दै खुशी व्यक्त गरे । उनीहरुले आगामी दिनमा दर्शक, पाठकको रुचीलाई ध्यानमा राख्दै पत्रकारिताको परिधि भित्र रहेर समाचारजन्य सामाग्री प्रकाशन, प्रसारण गर्दै जानुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यकारी निर्देशक सैहैन्शा सिद्विकीले छोटो समयमा नै राष्ट्रियस्तरका सञ्चारमाध्यमहरुको अग्रपङ्तीमा पर्न सफल भएको बताए । उनले पाँचौँ वर्ष पूरा हुँदासम्म नेपाली सञ्चार क्षेत्रमा नेपाल टाईम्सलाई एक फरक र उत्कृष्ट सञ्चारमाध्यमको रुपमा स्थापित गर्दै अन्तर्राष्ट्रियस्तरका सञ्चारमाध्यमसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमताको बनाउने लक्ष्य राखिएको बताए ।

स्थापनाकालमा आफ्नो अनलाइन पोर्टल www.nepaltimes.net मार्फत सामाजिक, आर्थिक, राजनितिक, अन्तर्राष्ट्रिय, मनोरञ्जनात्मक लगायत थुप्रै विधामा सत्यतथ्य र निष्पक्ष समाचारहरु पाठक समक्ष पुर्याउँदै आएको नेपाल टाईम्सले २०७४ भदौ १७ गतेदेखि अनलाइन टेलिभिजन सञ्चालनमा ल्याएको छ ।

अनलाइन टेलिभिजनमार्फत सञ्चालित कार्यक्रमले छोटो समयमा नै दर्शकको मन जित्न सफल भएका छन् । गत वर्ष नै नेपाल टाईम्सले सामाजिक संजाल यूट्युबबाट सिल्भर प्लेट समेत हासिल गरिसकेको छ ।

 

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top