जीवित सालक सहित दुई पक्राउ

जीवित सालक सहित दुई पक्राउ

विराटनगर,असार २२
केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले जिवित सालक सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं चन्द्रागिरी नगरपालिका–२ बस्ने २९ वर्षीय राजेन्द्र तामाङ र बाग्लुङ निसिखोला गाउँपालिका–२ बस्ने ३१ वर्षीय दुर्गा बहादुर बि.क.रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई प्रहरीले बिहीबार काठमाडौं महानगरपालिका–४ शंखपार्क अगाडीबाट अवैध रुपमा खरिद बिक्री गर्न बोकी हिडेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तिसारमा पठाउनुका साथै जिवित सालक संरक्षणका लागि सदर चिडियाखाना जावलाखेलमा बुझाइएको सो ब्युरोले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.