विराटनगर,असार २२
मोरङ प्रहरीले खोलाले बगाउदा बगाउदै गरेको एक बालकको सकुशल उद्दार गरेको छ ।
बिहीबार बेलुका मोरङको केराबारी गाँउपालिका ७ र ८ को बीचमा अवस्थित खदम खोलाले केराबारी गाँउपालिका वडा नं. ७ बस्ने अमृत दुलालको ६ बर्षका छोरा अनसल दुलाललाई खोलाले बगाउदै ल्याईरहेको अबस्थामा इप्रका केराबारीबाट खटिएको प्रहरी जवान रामबिनय यादब र प्रहरी जवान शुरेश थामीले बालकको उद्दार गरेका हुन ।
बालकलाई देखेपछि खोलामा हामफाली पौडेर बालकलाई सकुशल उद्दार गरिएको उद्दारमा खटिएका प्रहरी जवानले बताएका छन । बालकलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गराई उनका अभिभावकलाई जिम्मा लगाइएको मोरङ प्रहरीले जनाएको छ ।