लागु औषध सहित २ जना प्रहरी नियन्त्रणमा

लागु औषध सहित २ जना प्रहरी नियन्त्रणमा

विराटनगर, असार २२
प्रहरीले लागु औषध सहित २ जनालाई शनिबार विराटनगरबाट नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर रोडषेस चौकबाट लागु औषध सहित सुनसरिको धरान उपमहानगरपालिका–१५ का ३२ वर्षिय सनम तामाङ र ३२ वर्षकै अमित राईलाई लागु औषध सहित नियन्त्रणमा लिएको ।

पक्राउ गरिएका उनिहरुको साथबाट प्रहरीले लागु औषध डाईजेल्याब ३० एम्पुल, नेरोजेसिक ३० एम्पुल, र एभिल ३० एम्पुल बरामद गरेको छ । लागु औषध सहित पक्राउ गरिएका उनिहरु विरुद्ध लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरि थप अनुसन्धान अघि बढाइएएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपि निशान थापाले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.