एसिड बेच्नेलाई सजाय नगरेकाे भन्दै अदालत पुगेकी एसिडपीडित आरती साह पक्राउ

२६ साउन, जनकपुर ।
अदालतले एसिड विक्रेतालाई सफाइ दिएकोमा चित्त नबुझेको भन्दै धनुषा जिल्ला अदालत पुगेकी एसिडपीडित आरती साहलाई प्रहरीले पक्राउ गरेको छ । उनले एसिड विक्रेता नागेन्द्र साहलाई अदालतले सफाइ दिएर आफूलाई अन्यायमा पारेको बताएकी छिन् ।

भाइ राजा साहसँगै धनुषा जिल्ला अदालत पुगेकी आरतीलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।एसिड विक्रेता नागेन्द्रलाई सफाइ दिएको खबर सुनेपछि आरती काठमाडौंबाट आज बिहान जनकपुर आइपुगेकी थिइन् ।

आरतीलाई अदालतको मुख्य गेटमै सुरक्षाकर्मीले रोकेको थियो । प्रहरी कार्यालयमा आरती र उनका भाइ राजालाई राखिएको छ । अदालत परिसरमा गएर होहल्ला गरिरहेकाले आरती र उनको भाइ राजालाई जिल्ला प्रहरी कार्यालय लिएर आएको धनुषा प्रहरीका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले स्वीकार गरे । उनले आरतीसँग सोधपूछ भइरहेको बताए ।
जिल्ला अदालत धनुषाका न्यायाधीश कृष्णमुरारी सिवाकोटीको एकल इजलासले एसिड प्रहार गरेको आरतीका श्रीमान् सञ्जीवलाई कसुर ठहर गरेको थियो । एसिड विक्रेता नागेन्द्र साहले भने सफाइ पाएका छन्, जसलाई थुनछेक बहसपछि धरौटीमा छाडिएको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top