×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

नेपाली ट्रक यात्राका कथामा अमेरिकामा बन्यो फिल्म

२६ श्रावण २०७८

२६ साउन, अमेरिका ।

नेपालका सडकमा प्रायः रहिरहने खाल्डाखुल्डीलाई छिचोल्दै र आफ्नो ज्यानलाई हत्केलामा राखेर गाडी चालकले पूर्व काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म गुड्ने ट्रकको कथालाई एक अमेरिकीले फिल्म (डकुमेन्ट्री) मा समेटेका छन् । “टयाटुड ट्रक्स अफ नेपाल- हर्न प्लिज” नाम दिइएको उक्त फिल्ममा नेपालको पारवहन क्षेत्रको एक महत्वपूणर् साधन मानिएको ट्रक र ५७ वर्षअघिको नेपालको सडकको कथा छ । साथै नेपालमा भन्ने गरिएको ट्रक साहित्य र ट्रक सजाउन प्रयोग भएका कला र आकृतिलाई पनि नेपालको संस्कृतिसँग तुलना गरिएको छ ।

Advertisement
Advertisement

साँघुरा घुम्तीहरुमा उकालो ओरालो मापन गर्दै स्टेरिङ्ग घुमाउन खप्पिस चालकहरुको आनीवानीदेखि भोगाईसम्मलाई यो डकुमेन्ट्रीमा समेटिएको छ । करिब ५७ वर्षअघि यस्तै एक ट्रकको पछाडि बसेर काठमाडौँबाट चितवनको नारायणगढ उत्रिएका २३ वर्षीय अमेरिकी रन रयान्सनले तयार पारेको उक्त फिल्मले सडकभित्रका यी अनेक कथालाई मात्र समेटेको छैन यसले नेपालका बहुआयामिक सांस्कृतिक र सामरिक पाटोका साथै सामाजिक, आर्थिक विषयलाई समेत यसमा उनेको छ ।

त्रिशुली नदीको किनारै किनार निष्पट्ट अँध्यारो रातलाई छिचोल्दै र चालकको अड्कलबाट घुम्तीहरु काट्दै तथा कालो धुँवाको मुस्लो छोड्दै कुद्ने मालवाहक ट्रकको कथा आफैँमा रोमाञ्चक छ । त्यसमाथि अनेकन पात्र र प्रवृत्तिका मानव समुदायको बसोबास रहने काठमाडौँ जान आवश्यक सामान पिठ्यूँमा बोकेर लम्किएका मानिस र ट्रकका कथाहरुलाई तिनका चालक र सहयोगीहरुका दैनिकी पनि निकै रोमाञ्चक रुपमा यस फिल्ममा समेटिएका छन् । मानिसका यी चुनौतीमाथि सडकको कहालीलाग्दो अवस्था त जोडिएकै छ । अहिले पनि पहिलो पटक यात्रा गर्नेहरुका लागि यो जोखिमपूणर् यात्रा नै हो । त्यसमाथि आधा शताब्दी अगाडि राजधानी जोडने एक मात्र राजमार्ग कस्तो थियो होला ? अहिले त सहजै अनुमान गर्न पनि सकिन्न । यस्तै विषयहरुको व्याख्या भोलिको पुस्तालाई रोमाञ्चक इतिहास बन्न सक्छ । यो डकुमेन्ट्रीमा त्यसबेलाको परिस्थिति र अवस्थालाई त्यसैगरी पस्किएका छन् रनले ।

अमेरिकामा कला र नाटक अध्यापन गराउने उनको नेपालसँगको सम्बन्ध र पछि नेपाली भूमिप्रति बढ्दै गएको मोह पनि कम रोचक छैन । सन् १९६४ मा एउटा पिस क्रप्स स्वयंसेवकको रुपमा जोडिएको नेपालको साइनो अहिले आएर फिल्ममा उतार्न पाउँदा उनी खुशी छन् । कुराकानीको क्रममा पटकपटक उनले यो प्रयास आफ्नो जीवनकै महत्त्वपूर्ण उपलब्धि भएको टिप्पणी पनि गरे ।

आफ्नो विगतबारे स्मरण गर्दै उनले नेपालको बहुआयामिक पाटोका बारेमा चर्चा गरे । सन् १९६४मा जब उनलाई अमेरिकी सरकारको पिस क्रप्सका प्रतिनिधिले विभिन्न देशको नाम दिए, उनले नेपाल नै रोजे । जब उनलाई नेपालको बारेमा जानकारी दिँदै ती अधिकारीले सोधे त्यसपछि आफूमा ऊर्जा आएको अनुभव रनको छ । आजभन्दा ५७ वर्षअघिको स्मरण गर्दै उनले भने, “मलाई नेपालको बारेमा जानकारी थिएन, तसर्थ मैले एट्लस (विश्वमान चित्रको जानकारी दिने पुस्तक) पल्टाएर नेपाल देश खोजँे । एउटा सानो भूगोल भएको यो देशमा मलाई उर्जा दिने धेरै कुरा भेटेँ । त्यसपछि नै नेपाल जाउँ जाउँ लाग्यो ।”

उनले जब नेपाल जाने भनेर मनस्थिति बनाए, त्यसपछि नेपालबारे पाएसम्मको जानकारी लिने प्रयत्न गरे । नेपाल दुई वर्ष बसेर नेपाली परिवेशलाई पछ्याउँदै आफ्नो स्वयंसेवी सेवामा योगदान पुर्‍याएका रनलाई साँच्चै नै नेपालले मोहनी लगायो । त्यसपछि उनी धेरै पटक नेपाल आएका छन् । अमेरिकाबाट १० हजार माइल टाढा रहेको नेपालका बारेमा अझै कतिपय अमेरिकीहरुलाई पर्याप्त जानकारी पनि छैन । तर पाँच दशकदेखि जोडिएका रनले भने नेपालको कला संस्कृतिको समेत जानकारी दिने गरी कथा लेख्ने र त्यसलाई फिल्ममा उतार्न सक्नु उनको क्षमता र लगाव दुवै हो ।

नेपाल पुगेर उनले त्यो बेला भर्खरै बस्ती बस्दै गरेको चितवनको नारायणगढमा रहेको चितवन हाईस्कूलमा स्वयंसेवक शिक्षकको रुपमा काम गरे । त्यो बेलादेखि नै अमेरिकी स्वयंसेवकहरुले शैक्षिक रुपान्तरणको लागि शिक्षक स्वयंसेवकहरुले खेलेको भूमिकाको बारेमा चर्चा गर्दै हालसालै अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले भनेका थिए, “७० वर्ष अगाडि नै अमेरिकीहरु गएर स्वयंसेवी भावका साथ शिक्षा स्वास्थ्यको क्षेत्रमा निर्वाह गरेको भूमिकाले नै नागरिकस्तरको सम्बन्ध मजवुत बनाउन महत्वपूणर् भूमिका खेलेको थियो ।”

डा खतिवडाको विचारमा बल दिने गरी रन भन्छन्, “त्यो बेला एक त छात्राहरुको सङ्ख्या कम हुने त्यसमा पनि नाटक खेल्न छात्राहरुलाई स्टेजमा पुर्‍याउनु भनेको क्रान्तिकारी कदम नै थियो तर मैले त्यो कदमलाई मूर्त रुप दिन सफल भएको थिएँ ।”

“अभिभावक र शिक्षकहरुको समेत समन्वयमा छात्राहरुको आत्मबल वढाउन गरिएको त्यो कामले अहिले पनि मलाई निकै खुशी लाग्छ ।” आठ दशकको उमेर पार गरिसकेका रनले उत्साहित हुँदै आफ्नो अनुभूति सुनाए । रन जस्तै तीन हजार ८८० जनाले अमेरिकाबाट अर्को गोलाद्र्धमा रहेको नेपाल पुगेर आफ्ना ज्ञान र सीपमार्फत सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउन सफल भइसकेका छन् ।

नेपाली माटो र कथालाई फिल्ममा उतार्न सफल रन अहिले यसैमा दंग छन् । नेपाल जस्तो एक भुपरिवेष्ठित देशको विकासको महत्वपूणर् आधार नै सडक हो र त्यही सडकमा दौडिरहने ट्रक एक महत्वपूणर् साधन हो । ती ट्रकमा कोरिएका चित्रहरुले ट्रकको सुरक्षा, भावना, आध्यात्मिक चेत, नेपाली परम्परा, पारिवारिक सम्बन्धदेखि ट्रक साहित्यसम्म देख्न पाइएको उनको अनुभव छ ।

ट्रकमा लेखिएको सायरीदेखि आन्तरिक रुपमा सजावटका लागि प्रयोग भएका विभिन्न वस्तुलाई फिल्ममा उतारेर नेपाली कला संस्कृतिलाई अमेरिकासम्म पुर्‍याउन उनले महत्वपूणर् भूमिका निर्वाह गरेका छन् ।

ट्रकमा उतारिएका विभिन्न देवीदेवताका विभिन्न रुपका चित्रहरुले पनि नेपाल कला संस्कृतिमा धनी भएको सन्देश दिएको कुरा पनि फिल्ममा समेटिएको छ । परापूर्वकालदेखि अहिलेसम्म नेपाली परिवेशमा हिन्दू र बुद्ध धर्मका देवीदेवताको आकृति झल्कने वास्तुकला, काष्ठकलाले पनि नेपाललाई बहुसांस्कृतिक र बहुआयामिक पहिचान दिलाएको चर्चा पनि सो फिल्मा गरिएको छ ।

वास्तुकलाको प्यागोडा शैलीका बारेमा व्याख्या गर्दै सोह्र सय वर्ष अगाडिको वास्तुकलालाई त्यसभित्र अटाउन सफल भएको छ । त्यसमा हिन्दू देवीदेवताको चाडपर्वअनुसारको रुप र कलाबारे समेत चर्चा गरिएको छ । अमेरिकी समाजमा ट्याटुको लोकप्रियता अत्याधिक छ । त्यसलाई समेत आकर्षण बनाएर दर्शकहरुमाझ पुर्याउने अभिप्रायले रनले ट्याटुड ट्रक्सको शीर्षक छनौट गर्नुभएको देखिन्छ । यसले फिल्मको माध्यमवाट दुई देशबीचको नागरिक तहको सम्बन्धमा इँटा थप्ने काममा योगदान पुगेको धेरैले महसुस गरेका छन् ।

डकुमेन्ट्रीभित्र नेपालमा पहिलो पटक भीमफेदीबाट बोकेर ल्याएइको भनिएको मोटरदेखि शुक्रपथको ७० वर्ष अगाडिको अवस्था र मानिसको चहलपहल फिल्ममा समावेश गरिएको छ । पाँच वर्षभन्दा लामो समय लगाएर बनाइएको डकुमेन्ट्री निर्माणका लागि फोटो ग्राफर तथा इतिहासकार सुदर्शन कार्कीसँग सहकार्य गरेका रनलाई सहलेखकका रुपमा निकोला रयान्सनले सहयोग गरेका छन् । जेजे मिजर र होल्डन सिस्कोको सम्पादनमा निर्माण भएको डकुमेन्ट्रीमा केन केबो, दावा ग्याञ्जेन, डयाल्यान केबो, तोपग्यास लामाले सहयोग गरेका थिए ।

Advertisement
Advertisement

केही साताभित्र लोकार्पण गर्न लागिएको डकुमेन्ट्रीलाई विभिन्न चलचित्र महोत्सवमा प्रदर्शन गरिने र एयरलायन्सहरुसँग सहकार्य गरेर यात्रामा देखाउन पहल गरिने योजना रहेको रनले जानकारी दिए ।रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top