जनताले कहिले पाउने चामल र नुन ?

२५ साउन ७८, मंगलबार

२६ साउन, जाजरकोट।

कर्णाली प्रदेशले उपलब्ध गराएको कामका लागि खाद्यान्न कार्यक्रमको चामल डोल्पाका चार स्थानीय तहमध्ये केही स्थानमा अझैसम्म पुग्न सकेको छैन । अन्य स्थानमा भने तोकिएको कोटामध्ये आधामात्र पुगेको छ । आव २०७७/७८ मा विकास निर्माणका काम गरेबापत गरिब तथा दलित समुदायलाई वितरण गर्नुपर्ने चामल जगदुल्ला गाउँपालिकामा अहिलेसम्म नपुगेको जनाइएको छ ।

उक्त कार्यका लागि प्रदेश सरकारले स्थानीय तहलाई बजेट पठाएकामा गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खातामा जम्मा गरेर चामल माग गरेका थिए । लिमिटेडले समयमै ढुवानी नगर्दा काम गरेवापत पाउनुपर्ने चामल उक्त गाउँपालिकाका सर्वसाधारणले अहिलेसम्म पाउन नसकेका हुन् । प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीकानुसार काम गरिसकेका जनताले चामल मागिरहे पनि अहिलेसम्म आएको छैन ।

Advertisement

सोही कामकालागि त्रिपुरासुन्दरी नगरपालिकामा चामल पुगे पनि अहिले थन्क्याएर राखिएको प्रमुख प्रशासकीय अधिकृत पित्रृभक्त गिरीले बताए । आर्थिक वर्षको अन्तमा प्रदेशले बजेट पठाएका कारण काम दिन नसकेर सो चामल बन्द कोठामा थन्क्याइएको र आव २०७८÷७९ मा काम गराएपछि मात्र वितरण गरिने उनको भनाइ थियो ।

त्यस्तै मुड्केचुला गाउँपालिकामा ७८० क्वीन्टल चामलमध्ये ७० प्रतिशत मात्र पुगेको अध्यक्ष दत्तबहादुर शाहीले बताए । बाँकी चामल छिटो ल्याउन ताकेता गर्दा पनि अहिलेसम्म आइनपुगेको उनको भनाइ थियोकाइके गाउँपालिकाले भने चामल खरिद गरेर वितरण गरिसकेको छ । गाउँपालिका अध्यक्ष अङ्गत राना मगरकानुसार एक हजार २३ घरधुरीलाई ३७२ क्वीन्टल चामलमध्ये दलितलाई ६० केजी र निम्नवर्गलाई ३० केजीका दरले वितरण गरिएको थियो ।

प्रदेशले जगदुल्लाका लागि ५५० काइकेका लागि ३७२ त्रिपुरासुन्दरीका लागि एक हजार ११५ र मुड्केचुला गाउँपालिकाका लागि ७८० क्वीन्टलको कोटा निर्धारण गरेको थियो ।

सदरमुकाम बाहिरका सबै खाद्य डिपो रित्तै

डोल्पाको दुनै, जुफालबाहेक लिमिटेडका सबै खाद्य डिपो रित्ता छन् । नयाँ चामल आउन समय लाग्ने र पुरानो सकिएकाले डिपोहरु रित्तो हुँदा सर्वसाधारण समस्यामा छन् ।

नयाँ चामल ढुवानीका लागि ठेक्का भइसकेकाले आउँदो दशैँसम्म ढुवानी हुने लिमिटेडका डोल्पा शाखाप्रमुख कमलराज पाण्डेले बताए । फोक्सुण्डोका लागि तोकिएको एक हजार ५०० क्वीन्टल चामलमध्ये गत पुस र माघमा केही वितरण गरिएको थियो । हिमपातका कारण रोकिएको बाँकी चामल अहिले पठाइएको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए।

आयोडिनयुक्त नुन अभाव

सरकारले अनुदानस्वरूप दिएको आयोडिनयुक्त नुन नपाइएपछि डोल्पाका छ स्थानीय तहका सर्वसाधारण ढिके नुन नै प्रयोग गर्न बाध्य छन् । मुड्केचुलाको सर्मी, जगदुल्लाको काइगाउँ, त्रिपुरासुन्दरीको लिकु र उपल्लो डोल्पाका स्थानीय तहका लागि तिञ्जेमा आयोडिनयुक्त नुनको डिपोे छ ।

तिञ्जेबाट टाढा रहेको फोक्सुण्डो, सालदाङका लागि क्याटोबाटै नुन वितरण हुने गरेको साल्टटेड्रिङ कर्पोरेशनका शाखाप्रमुख प्रकाशबहादुर धामीले जानकारी दिए । वर्षेनी सदरमुकाम दुनै र जुफालबाट मात्र आयोडिनयुक्त नुन वितरण हुँदै आएको छ ।

सदरमुकाम बाहिरका मुड्केचुला गाउँपालिका १५० क्वीन्टल नुन लिमिटेडले नै खरिद तथा धुवानी गरेर वितरण गरे पनि अन्य ठाउँमा भने अभाव छ । यस आर्थिक वर्षका लागि भने नुनको टेण्डर आह्वान भइसकेको उनले बताए ।रासस

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top