ओलीको कार्यकालमा २५० प्रतिशतले बढ्यो मुलुकको सार्वजनिक ऋण

२५ साउन ७८, मंगलबार

२६ साउन, काठमाडौं ।
केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारको पालामा मुलुकको सार्वजनिक ऋण २५० प्रतिशतले बढेको सरकारले जनाएको छ । सरकारका अर्थमन्त्री जनार्दन शर्माले मंगलबार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक स्थितिको जानकार’ सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।

Advertisement

आर्थिक वर्ष २०७३÷७४ मा कूल तिर्न बाँकी सार्वजनिक ऋण छ खर्ब ९८ अर्ब रुपैयाँ अर्थात् कुल गार्हस्थ उत्पादनको २२।७ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७÷७८ मा २५० प्रतिशतले वृद्धि भइ १७ खर्ब २९ अर्ब रुपैयाँ अर्थात् कूल गार्हस्थ उत्पादनको ४०।५ प्रतिशत पुगेको विवरण उनले सार्वजनिक गरेका छन्।

सार्वजनिक विवरणमा कूल तिर्न बाँकी ऋणमध्ये आठ खर्ब एक अर्ब आन्तरिक ऋण र नौ खर्ब २८ अर्ब बाह्य ऋण रहेको उल्लेख छ। आर्थिक वर्ष २०७७÷७८ मा आन्तरिक ऋण दुई खर्ब २४ अर्ब रुपैयाँ र वैदेशिक ऋण एक खर्ब ४० अर्ब रुपैयाँ गरी जम्मा तीन खर्ब ६४ अर्ब रुपैयाँ अर्थात् कूल संघीय खर्चको ३०।८ प्रतिशत परिचालन भएको उनले बताएका छन्।

Advertisement

अर्थमन्त्री शर्माले मुलुकको सार्वजनिक ऋण उल्लेख्य रुपमा वृद्धि हुँदै गएता पनि देशको आर्थिक वृद्धि तथा विकासमा अपेक्षित प्रतिफल हासिल हुन नसकेको बताएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top