वाईडवडीदेखि क्यान्टोनमेन्टसम्मको भ्रष्टाचार छानविन गर्न कोमल वलीको माग

२७ साउन, काठमाडौँ ।
राष्ट्रियसभाका सांसद कोमल वलीले ठूला भ्रष्टाचार काण्डको छानविन गर्न सरकारसँग माग गरेकी छन्। राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद वलीले देशका ठूल्ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानविन गर्न माग गरेकी हुन् ।

Advertisement

उनले भ्रष्टाचारको कुरा भोट माग्ने माध्यममात्रै बनाइएको भन्दै बाइडबडी, अरुण तेस्रो, टनकपुर, बालुवाटार प्रकरण, ओम्नी प्रकरण, आयल निगमको जग्गा खरिद प्रकरण र क्यान्टोनमेन्टको समेत भ्रष्टाचार छानविन गर्नुपर्ने बताइन् । उनले भनिन् – ‘यहाँ भ्रष्टाचारका कुरा धेरै भए । भाषण भए । भोट माग्ने माध्यम भए । आउनुहोस् निष्पक्ष छानविन गरौँ । वाइडबडीको छानविन गरौँ । अरुण थर्डको छानविन गरौँ । टनकपुरको छानविन गरौँ । बालुवाटारको छानविन गरौँ । ओम्नीको छानविन गरौँ । आयल निगमको जग्गा खरिदको पनि छानविन गरौँ । क्यान्टोनमेन्टको पनि छानविन गरौँ । ठुला ठुला हाइड्रोको पनि छानविन गरौँ । १६५ सांसदको समर्थन छ के को लागि हो त्यो समर्थन प्राप्त गरेको ? अरुको पार्टी फुटाएको के को लागि हो ? किन ? तथापी अर्कोतिर औँला नठड्याऔँ । सबैले सबैलाई देखेकै छ ।’

सत्ता स्वार्थका लागि नेपालमा नदीनला बन्धक बने
सांसद वलीले सत्ता स्वार्थ र भ्रष्टाचारका निम्ति नेपालका नदीनालाहरु बन्धक बनेको पनि बताइन् । कतिपय जलविद्युत आयोजना विदेशीको इशारामा सम्झौता भएका र अरबौँ भ्रष्टाचार भएको पनि उनले उल्लेख गरिन्। उनले भनिन् – ‘कति जलविद्युतमा विदेशीको इशारामा सम्झौता भए होलान् । अरबौँको डिल भयो होला । जलस्रोतको विश्वको दोस्रो धनि देशमा आजपनि व्यापार घाटामा हामीले बाहिरबाट ग्याँस ल्याएर चुल्हो बाल्दैछौँ विजुली दिन सकेका छैनौँ । हाम्रा नदीनालाहरु बन्धक बनेका छन् सत्ताको स्वार्थमा र भ्रष्टाचारका निम्ति । त्यो काम गर्नलाई अहिले कसले रोकेको छ ? त्यसको लागि फेरी केपी ओलीको सरकार आउँला भनी पर्खिने ? जवाफ चाहियो ।’

Advertisement

सांसद वलीले आफुहरु प्रतिपक्षको रचनात्मक आलोचनात्मक सुझावले मुलुक अगाडी बढ्नसक्छ भन्नेकुरामा विश्वस्त रहेको बताउँदै सरकारको सहि कुरालाई सहि र गलत कुरालाई गलत भनेर आलोचना गर्ने पनि स्पष्ट पारिन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top