कुनै पनि फैसलालाई लिएर अदालतलाई दोष दिनुहुन्न : प्रधानन्यायाधीश जबरा

२८ साउन, काठमाडौँ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकाले देश, जनता र संविधानका लागि समर्पित भएर काम गर्दै आएको बताएका छन् ।

नेपाल बार काउन्सिलको २८ औँ स्थापना दिवस तथा काउन्सिलद्वारा प्रकाशित कानून पत्रिकाको बुधबार ललितपुरमा लोकार्पण गर्दै प्रधानन्यायाधीश जबराले देश र जनताप्रति अभिप्रेरित भएर न्यायपालिकाले काम गर्दै आएकाले न्यायपालिका कहिल्यै पनि आफ्नो कर्तव्यबाट नचुक्ने बताए । उनले कुनै पनि फैसलालाई लिएर न्यायपालिकामाथि आरोपित नगर्न आग्रह गरेका छन् । ‘न्यायपालिकाले गर्ने सबै फैसलाहरु समाज र नागरिकसँग अभिप्रेरित हुन्छ । र समाजलाई हेरेर नै जहिले पनि न्यायपालिकाले फैसला गरिरहेको हुन्छ । न्यायपालिकालाई निरन्तर अघि बढिरहन दिनुपर्दछ । अथवा न्यायपालिकालाई दोष पनि दिनु हुन्न । र महत्व पनि दिनुहुन्न’ उनले भने ।

जबराले आफूले कहिल्यै पनि दबाब र प्रभावमा परेर फैसला नगरेको पनि बताए । उनले न्यायपालिकाको सबलीकरणका लागि न्याय परिषद्को संरचनामा सुधारको आवश्यकता रहेको पनि बताए ।

कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मर्यादित समाज निर्माणमा सबै जुट्नुपर्नेमा जोड दिए ।

कानून मन्त्री कार्कीले न्यायपालिकाले संविधानको रक्षा गर्ने काम गर्दे आएको उल्लेख गर्दै देशको हितका निम्ति सबैलाई एक ठाउँमा उभिन आग्रह गरे।

महान्यायाधिवक्ता एवं नेपाल कानून व्यवसायी परिषद्का अध्यक्ष खम्बबहादुर खातीले न्याय क्षेत्रलाई विश्वसनीय बनाउनु सबैको जिम्मेवारी भएको बताए ।

त्यस अवसरमा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, पूर्व महान्यायाधिवक्ता रमेश बडाल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी लगायतका वक्ताले संविधानको रक्षकको रुपमा न्यायपालिकाले भूमिका खेल्नुपर्ने र त्यसमा सबैको सकारात्मक सहयोग रहनुपर्नेमा जोड दिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top