आधा किलो सुनसहित अत्तरियाबाट तीन जना पक्राउ

२८ साउन, कैलाली ।

प्रहरीले कैलालीको अत्तरियाबाट बुधबार ४४९ दशमलव ७७ ग्राम अवैध सुन, नगद ४९ हजार ४०५ सहित तीन जनालाई पक्राउ गरेको छ ।

अवैध सुन ल्याइरहेको भने सूचनाका आधारमा खटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय माला खेतीको संयुक्त टोलीले काठमाडौँबाट महेन्द्रनगरतर्फ गइरहेको ना ८ ख ८३४९ नम्बरको बस जाँच गर्दा उक्त अवैध सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

बसका सहजकर्ता कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका भवानी घिमिरेलाई ९९ दशमलव ९९ ग्राम सुनका दुई बालासहित रु २६ हजार २०० नगद, एक मोबाइलसहित पक्राउ गरिएको छ ।

यस्तै सुनसरी जिल्ला रामधुनी नगरपालिका घर भई शैलेश्वरी सुनचाँदी पसल अत्तरियामा काम गर्दै आएका राजु विकलाई सुनको बाला र सिक्री गरी ३४९ दशमलव ८७ ग्राम अवैध सुन, नगद छ हजार ९०५ र एक मोबाइलसहित पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

बसका सहजकर्ता घिमिरेसँग फेला परेको दुई वटा सुनको बालामध्ये एउटा बाला अत्तरियास्थित शैलेश्वरी सुनचाँदी पसलका सञ्चालक समीर सिजापतिलाई दिएको भन्ने खुल्न आएपछि गरिएको खानतलासीका क्रममा निज सिजापतिलाई पनि सुनको बाला, नगद १६ हजार र दुई थान मोबाइलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले जानकारी दिए ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top