ईटहरीबाट ९ जना जुवाडे पक्राउ

ईटहरीबाट ९ जना जुवाडे पक्राउ

सुनसरी, असार २३

सुनसरीको ईटहरी उप–महानगरपालिका १७ स्थित लविपुर चौकबाट प्रहरीले बिहीबार साँझ एक होटलबाट ९ जना जुवाडेलाई पक्राउ गरेको छ ।उनीहरुलाई बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको टोलीले खगेन्द्र पराजुलीले संचालन गरेको होटलबाट तास खेलीरहको ७९८ प्रति तास र नगद ८८ हजार २ सय ८९ रुपैँयासहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा होटल सचालक इटहरी १७ बस्ने ४६ बर्षिय खगेन्द्र पराजुली , वर्ष ४८ को हर्क लिम्बु, वर्ष ३५ को सलिम मन्सुरी, वर्ष २६ को दुर्गा खनाल, ईटहरी १६ बस्ने वर्ष ३८ को हर्ष नारायण चौधरी, ईटहरी १७ बस्ने वर्ष ४२ को सतन पराजुली, ईटहरी ८ बस्ने वर्ष ३० को रामबाबु चौधरी, ईटहरी १७ बस्ने वर्ष ३५ को फुलदेव चौधरी र बराहा नगरपालिका ३ बस्ने वर्ष २८ को हरी कार्की रहेका छन् ।

यसका लागि आवश्यक अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.