ओलीलाई कसले भन्यो मेन्टली डिसअर्डर ?

२८ साउन, काठमाडाैँ ।

Advertisement

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक बिशाल भट्टराईले आफ्ना नेता तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्टली डिसअर्डर भनी भनिएको शब्दप्रति नियमापत्ति गरेका छन् । प्रतिनिधिसभाको विहिबारको बैठकको विशेष समयमा नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले पुर्व प्रधानमन्त्री ओली मेन्टली र फिजिकली ठिक नभएको अभिव्यक्ति दिएपछि प्रमुख सचेतक भट्टराईले नियमापत्ति गरेका हुन् । उनले मेन्टली डिसअर्डर भन्ने अधिकार कसले दियो भनी प्रश्न गरे । उनले मर्यादित र सम्मानित सदनमा अमर्यादित र संसदलाई नसुहाउने अभिव्यक्तिहरु आफुहरुका लागि गम्भीर आपत्तीजनक भएको भन्दै रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराए ।

उनले भने “मैले नियम २६ बमोजिम नियमापत्ति गर्न खोजेको । भर्रखरै बोल्ने प्रतिनिधिसभा सदस्य ज्युले व्यक्तिप्रति इंगित मानसिकता खराब भएको, मेन्टली डिसअर्डर भएको जस्ता अभिव्यक्तिहरु पटक पटक दोहोर्याएर भन्नुभयो । म प्रश्न गर्न चाहन्छु । त्यो भन्ने अधिकार उहाँलाई कहाँबाट छ ? उहाँसंग के प्रमाण छ ? के तथ्यका आधारमा उहाँले यो भन्दैै हुनुहुन्छ ? सभामुख मार्फत म प्रश्न गर्न चाहन्छु प्रत्येक सदस्यले प्रत्येक सदस्यलाई यहाँ स्वास्थ्यको परीक्षणको बारेमा बताउन मिल्छ कि मिल्दैन ? उहाँसंग आधार के छ ? कसले प्रमाणित गरेको छ ? त्यसकारण यो मर्यादित ठाउँमा, सम्मानित ठाउँमा, जनताको सार्वभौम सत्ताको प्रयोग हुने यो महत्वपुर्ण निकायमा अमर्यादित खालका र संसदलाई नसुहाउने अभिव्यक्तिहरु हाम्रोलागि गम्भीर आपत्तीजनक छ । र यो रेकर्डबाट हटाईयोस् । अन्यथा नेकपा एमाले यो कुरालाई कुनै हालतमा पनि सहदैन भन्ने कुरा सभामुख मार्फत जानकारी गराउन चाहन्छु । ”

Advertisement

यसअघि बोल्दै नेकपा माओवादी केन्द्रका सांसद यादवले पुर्व प्रधानमन्त्री ओली मेन्टली र फिजिकली पनि ठिक नभएको र आफुले सो कुरा एउटै पार्टी भएका बेला भन्दै पनि आएको बताएका थिए । उनले आफुखुसी काम गर्न रोक लगाएपछि वर्तमान सरकारलाई परमादेशको सरकार भनी टिप्पणी गरेको भन्दै सांसद यादवले आपत्ती जनाए । उनले भने “मैले एउटै पार्टी हुदा । स्थायी समितिको बैठकमा नै भनेको थिएँ । कमरेडहरु उहाँ मेन्टलि पनि ठिक हुनुहुन्न । फिजिकली पनि ठिक हुनुहुन्न त्यसैले कुनै बेला पनि दुर्घटना हुनसक्छ । यो जिम्मेवारी किन बोकाउनुहुन्छ ? उहाँलाई अन्याय किन गर्नुहुन्छ ? म एमालेका माननीय मित्रहरुलाई के भन्न चाहन्छु भने जहाज उडाउने क्याप्टेनहरुको मेडिकल चेक हुन्छ ,देशकै जहाज उडाउन दिएपछि दुर्घटना हदैन ? पार्टीकै जहाज उडाउन दियो भने दुर्घटना हुदैन ? हामीलाई दुख लागेको छ । लगभग दुई तिहाईको सरकार खतम भएर गठबन्धनको सरकार बन्यो । यो गठबन्धनलाई फेरि अप्राकृतिक रे, अनुचित, अपवित्र । संयुक्त जनाआन्दोलन पनि गठबन्धनबाटै भएको हो । अनि त्यसको उत्पादन अपवित्र होइन ? संविधान पनि सबै मिलेर बनाएको होइन ? संविधान पनि अपवित्र भयो । आफ्नो सरकार पनि गठबन्धनबाटै हो नि म पनि त्यसमा मन्त्री थिएँ नि । के तपाईहरु कहिलेही पनि कांग्रेससंग गठबन्धन गर्नुभएन ? कांग्रेसको सरकारमा बस्नुभएन ? बडा विचित्र छ के, आफु गर्दा ठिक, अरुले त्यही काम गर्दा बेठिक ? थोरै पनि नैतिकता हुनुपर्यो । उहाँ प्रधानमन्त्री बन्नका लागि संविधान स्वीकार्य भयो । प्रधानमन्त्रीमा बस्नलाई सहमति तोड्ने । प्रधानमन्त्री बन्नलाई मोर्चा बनाउने लागि चुनावी गठबन्धन गर्ने । प्रधानमन्त्रीमै टिक्नलाई त्यो पनि तोड्ने । पदको लागि सबै बरवाद गरेको छ । आन्दोलन बरवाद गरेको छ । पार्टी वरवाद गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र पनि धरापमा पार्यो । ऊ आएर सानले बोल्छ । सबै खतम । हुटिट्याउँले आकाश थामे जस्तै आफुले आकाश थामेको अरु सबैले डुबाउन खोजेको जस्तो । परमादेश परमादेश । सबैजनाको त मेन्टल बिग्रेको हुदैन नि । ”

जनादेशकै आधारमा संविधान बनेको र प्रतिनिधिसभा पनि जनादेशकै थलो भएको भन्दै उनले पुनस्थापित प्रतिनिधिसभालाई परमादेशबाट व्युँतिएको र वर्तमान सरकार पनि परमादेशबाटै भएको भन्ने अभिव्यक्ति दिने ओलीलाई राजीनामा गर्न चुनौति दिए । उनले परमादेशबाट संसद व्युँतिएको अभिव्यक्ति दिने सबैलाई राजीनामा गर्न पनि आग्रह गरे।

Advertisement

उनले भने “एउटा बहस उठेको छ । परमादेश र जनादेश । परमादेशको कुरा गर्ने मित्रहरुलाई म भन्न चाहन्छु यो हाउसमा हामी परमादेशबाट होइन जनादेशबाट आएका हौ । जनादेशकै आधारमा संविधान बनेको हो । संविधानले दिएको अधिकार उचित र अनुचित ढंगले प्रयोग गर्ने कुरामा विवाद भएको हो । म त संविधान ठिक छैन भनेर सडकमा कराईरहेको मान्छे हो । बरु हामीले यो संविधान ठिक छैन भन्दा राम्रो हुन्छ तर संविधान मान्ने मान्छेहरुले संविधानको प्रयोग गर्दा, आफ्नो खुसी प्रयोग गर्न खोज्दा रोक्दाखेरी सरकार परमादेशबाट आएको हो भन्ने पुर्व प्रधानमन्त्री माननीय केपी शर्मा ओली जीलाई म के आग्रह गर्न चाहन्छु भने यो हाउसमा नआईकन राजीनामा दिए हुन्छ । चुनाव लडेर आए भईगो नि त । परमादेशबाट आएको छ भन्ने जो जोलाई लागेको छ राजीनामा दिए हुन्छ । परमादेश भन्ने अनि जनादेशको अपमान गर्ने ? जनादेशबाट निर्माण भएको प्रतिनिधिसभा हो । जे मन लाग्यो त्यही बोल्ने । जुन सदनमा आएर उभिनुभएको छ । त्यसैैको अपमान गर्ने । आफ्नो मर्यादालाई विर्सने काम नहोस् भन्ने मेरो आग्रह हो । ”

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top