थप ३,२६० जनामा कोरोना संक्रमण पुष्टि, ३२ जनाको मृत्‍यु

२८ साउन, काठमाडौं ।

Advertisement

नेपालमा पछिल्लो २४ घण्टामा ३,२६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८ सय ६ पीसीआर परीक्षण गर्दा २ हजार ४७३ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७ सय ८७ गरी ३ हजार ३,२६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ भने २ हजार २९४ जना निको भएका छन् ।

संक्रमितमध्ये ६ लाख ७७ हजार ३७७ संक्रमणमुक्त भएका छन् भने १० हजार २१२ जनाको मृत्यु भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top