पोखरामा नाग मूर्ति स्थापना गरियाे

२८ साउन ७८, शुक्रबार

२९ साउन, गण्डकी ।

पोखरा महानगरपालिका–१७ स्थित म्यूजियम मार्गमा स्थापना गरिएको नाग मूर्तिको बिहीबार विधिपूर्वक प्राणप्रतिष्ठा गरिएको छ । स्थानीय धार्मिक व्यक्तित्वको सक्रियता एवं विभिन्न सङ्घ संस्था, उद्योगी व्यवसायीको सामूहिक प्रयासबाट निर्माण गरिएको नागथानमा पाँच शिर भएका नागले शिवलिङ्गलाई वेरिएको नागमूर्ति स्थापना गरि प्राणप्रतिष्ठा गरिएको हो ।
शिवको महिना साउनको चौथो सोमबारदेखि प्रत्येक दिन बिहान सोडसोपचार विधिबाट पूजा आरधना एवं साझ धुप आरतीसहित शिलामा नाग भगवान्लाई आह्वान गरिएको पूजा व्यवस्थापन समितिका संयोजक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

अव्यवस्थित एवं सानो ठाउँमा दुई दशकअघि नागस्थान स्थापना गरी प्रत्येक नागपञ्चमीका अवसरमा पूजा गर्दै आएको बताउँदै उनले भने, “यसपटक सबैको साथ र सहयोगले नागथानलाई व्यवस्थित गरी विधिपूर्वक पूजा आरधना गर्ने तयारी भई रहेको छ ।” नागमूर्तिसहित पूजा आरधना गर्नेका लागि आवश्यक ठाउँ, पानी, विद्युत्सहित एक दर्जन जनाको क्षमता भएको नागस्थान निर्माणका लागि कूल रु दुई लाख तीन हजार ११५ खर्च भएको नागथान निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष चेतनदास शर्माले जानकारी दिए ।

Advertisement

नागस्थान निर्माण गर्ने उदेश्यका साथ शुरु गरिएको अभियानमा विभिन्न सङ्घसंस्था एवं व्यक्तिहरूबाट स्वस्फूर्त गरेकाे सहयोगले जहाँ धर्म त्यहा धन भन्ने उखानलाई चरितार्थ गरेको बताउँदै उहाँले अहिलेसम्म समितिका नाममा कूल तीन लाख ५४ हजार ४०४ सङ्कलन भएको बताए ।

नागथान निर्माण गर्ने अभियानअन्तर्गत विष्णुप्रसाद पौडेले मूर्ति, लिलकाजी गुरुङद्वारा आवश्यक सम्पूर्ण ट्रष्ट, गण्डकी सुनचाँदी पसलका अमर सुनारबाट टायल सहितको खर्च, शुभकामना आमा समूहबाट ११ हजार १११ सहित पाँच हजारभन्दा बढी आर्थिक सहयोग गर्ने ३० विभिन्न सङ्घसंस्था व्यक्ति रहनुभएको उनले बताए ।

“काम शुरु गरियो आर्थिक सङ्कलन गर्न नसकिने हो की भन्ने चिन्ता लागेको थियो नाग भगवान्को शक्तिले ‘त आँट म पु¥याउँछु’ भने जस्तै भयो” उनले भने, “टोल छिमेक तथा सो क्षेत्रमा आउने जो केहीले पनि खोजी खोजी नागको नाममा दान गर्ने दाता आउने क्रम जारी छ ।”

नागेपञ्चमीका अवसरमा भागवत भाष्कर पण्डित कमलनयन गौतमबाट प्रणाप्रतिष्ठा गरिएका नागमूर्तिको शुक्रबार बिहान अनावरण गर्ने कार्यक्रम रहेको छ । अनावरण कार्यक्रमपश्चात स्थानीयले आफ्ना घर घरको मूल ढोकामा विधिपूर्वक नाग टास्ने कार्यक्रम रहेको समितिका उपाध्यक्ष एकनारायण अर्यालले जानकारी दिए । साउन महिनाको शुक्ल पञ्चमीे नागपञ्चमी पर्व परम्पराअनुसार घरको मूल ढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरिन्छ । जुन घरमा नागको बास हुन्छ, त्यहाँ लक्ष्मीको बास हुन्छ भन्ने धार्मिक विश्वासका साथ नागपूजा गरिने प्रचलन छ ।रासस

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top