२९ साउन, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । साउन पहिलो साता नै सार्वजनिक हुने भनिएको मौद्रिक नीति सरकार परिवर्तनका कारण ढिलाइ भइ आज सार्वजनिक हुने भएको हो ।
मौद्रिक नीतिका विषयमा छलफल गर्न अहिले राष्ट्र बैंकको सञ्चालक समिति बैठक बसिरहेको छ । सञ्चालक समितिले पारित गरे पश्चात आजै मौद्रिक नीति सार्वजनिक हुने जनाइएकाे छ ।
कोरोना महामारीका कारण समस्यामा परेको अर्थतन्त्र र सरकारले लिएको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट समेतलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याउने राष्ट्र बैंकले जानकारी दिएको छ ।
