ओलीबारे मात्रिका यादवका असंसदीय शब्द हटाउन सभामुखको रुलिङ

२९ साउन, काठमाडौं ।

Advertisement

सभामुख अग्निप्रसाद सापकोटाले माओवादी सांसद मात्रिका यादवले एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीको स्वास्थ्यलाई लिएर बोलेका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन रुलिङ गरेका छन् ।

एमालेले सो अभिव्यक्ति हटाउन माग गर्दै शुक्रबार सदन शुरु हुनासाथ आपत्ति जनाएपछि सभामुखले यादवले बोलेका शब्द संसदीय मर्यादा र नियमावलीविपरीत रहेको भन्दै संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।

Advertisement

बिहीबारको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद मात्रिका यादवले एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीको ‘मेन्टली डिसअर्डर’ भएकाे भन्दै आक्राेश पाेखेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top