अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार पनि तालिबानकाे कब्जामा

२९ साउन, काबुल ।

अफगानिस्तानमा एकपछि अर्को गरी यहाँका सहरहरू कब्जा गरिरहेको तालिबान लडाकुहरूको समूहले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार पनि कब्जा गरेको जनाएको छ ।

शुक्रवार बिहान उनीहरूले सो कुरा सार्वजनिक गरेका हुन् । आज उनीहरूले अफगानिस्तानको कान्दाहार र लस्कार गाह सहर पनि आफूले नियन्त्रणमा लिएको दाबी गरेका हुन् ।

यस सहर नियन्त्रणमा लिएर आफूहरूले ठूलो सफलता हासिल गरेको पनि उनीहरूको दाबी छ । दक्षिण अफगानिस्तानका यी दुई सहर तालिबानका लागि निकै महत्त्वपूर्ण विजय भएको लडाकुहरूले दाबी गरेका छन् ।

त्यस सहरलाई तालिबानको बलियो पकड भएको क्षेत्रका रुपमा लिइएको थियो । त्यसैले पनि विगतमा यहाँ नेटो र अफगान सेनाको ठूलो सुरक्षा दिइएको थियो ।

कान्दाहार सहर अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र पनि हो । त्यसैले उनीहरूले यसलाई ठूलो उपलब्धि भनेका हुन् । अफगानिस्तानमा जारी सङ्घर्षका बिचमा तालिबानले बिहीबार मुख्य सहर घाज्नी र हेरात पनि आफ्नो नियन्त्रणमा लिइएको बताएको थियो ।

पछिल्ला दिनहरूमा तालिबानले देशैभरि आफ्नो विस्तारलाई कायम राख्ने जनाएको छ । यसै क्रममा उसले विभिन्न सहरमा कब्जा जनाउँदै आएको हो ।

उनीहरूको कब्जा बढ्दै गएपछि पश्चिमा देशहरूले आफ्ना दूतावासका कर्मचारी र नागरिकहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउन थालेका छन् ।सिन्ह्वा

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top