संसदमा एमालेको प्रश्न- गाली गलौज मात्रै यो संसदको गरिमा हो ?

२९ साउन, काठमाडौँ ।
सभामुख अग्निप्रसाद सापकोटाले सांसद मातृका प्रसाद यादवले बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्नुभएको केही शब्दहरु हटाउन रुलिङ गरेका छन् । शुक्रवारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले बिहीवारको बैठकमा सांसद यादवले बोल्ने क्रममा प्रयोग गरेको शब्द प्रतिनिधि सभा नियमावलीको नियम २१को खण्ड(ङ) को प्रतिकुल हुने देखिएको भन्दै सो शब्द सचिवालयको रकर्डबाट हटाउन रुलिङ गरेका हुन् ।

उनले भने – ‘हिजो विशेष समयमा मान्य श्री मात्रिका प्रसाद यादवले बोल्ने क्रममा प्रयोग गर्नुभएको मेन्टली, फिजिकल्ली फिट हुनुहुन्न भन्ने शब्दहरु प्रतिनिधि सभा नियमावलीको नियम २१ को खण्ड(ङ) को प्रतिकुल हुने देखिएकोले उक्त शब्दहरु सचिवालयको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु ।’

शुक्रवारको बैठकमा नेकपा(माओवादी केन्द्र)का सांसद मातृका यादवले नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली मेन्टली र फिजिकली ठिक नभएको बताएका थिए । सभामुखले रुलिङ गर्नुअघि नेकपा(एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले संसद निम्छरा शब्दहरु प्रयोग गर्ने ठाउँ नभएको भन्दै संसदको इज्जत र प्रतिष्ठा बचाउनका लागि यादवले प्रयोग गरेको असंसदीय र अमर्यादित शब्दहरु रेकर्डबाट हटाउन माग गरेका थिए ।

Advertisement

उनले भने – ‘यो ठाउँ जथाभावि शब्द प्रयोग गर्ने ठाउँ होइन । निम्छरा शब्दहरु प्रयोग गर्ने ठाउँ होइन यो । यो ठाउँ भनेको जनताका भावनाहरु प्रतिविम्बित हुनुपर्ने ठाउँ हो । तर यो ठाउँमा जसरी शब्दहरु प्रयोग गरियो, एकजना माननीयले अर्को कोही माननीयलाई इंगित गरेर गम्भिरतापूर्वक गाली गर्ने हो भने यो संसद कस्तो बन्ला ? इतिहासको खोजि गर्नेहरुले नेपालको संसदको अध्ययन गरे भने के चिज भेट्टाउलान् सभामुख महोदय ? के गालि गलौज मात्रै यो संसदको गरिमा हो ? हामीले प्राप्त गरेको उपलब्धी यसैमा सम्नीहित छ ? त्यसकारण आज म फेरीपनि उठेर नेकपा एमालेको तर्फबाट सभामुखज्यू ध्यानाकर्षण गराउन चाहान्छु, हामीले प्राप्त गरेको यो उपलब्धीलाई संस्थागत गर्नाका लागि नेपाली जनताको गरिमामय संस्थाको इज्जत बचाउनका लागि र प्रतिष्ठा बचाउनका लागि हिजो प्रयोग गरिएका ति असंसदीय र अमर्यादित शब्दहरु रकर्ड बाट हटाउनुपर्छ भन्नेकुरा म जोडदार रुपमा माग गर्न चाहान्छु ।’

प्रमुख सचेतक भट्टराईले केपी शर्मा ओली सत्ताबाट बाहिरिइसकेपछि पनि संसदमा सत्ता पक्ष जस्तो ठानिएको र गालीको केन्द्रविन्दू बनाइएको भन्दै त्यस खालका गतिविधिहरु बन्द गरी संसदलाई मर्यादित बनाउन समेत ध्यानाकर्षण गराए ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top