भरुवा बन्दुकसहित एक जना पक्राउ

२८ साउन ७८, शुक्रबार

२८ साउन, सुनसरी ।
सुनसरी बराहक्षेत्र नगरपालिका -१ का ६३ बर्षीय बरम बहादुर राईलाई एक थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेकाे छ।

Advertisement

गत २६ गते राईले बाँदरलाई गोली हान्दा उनकै नाती १३ बर्षीय अभिषेक राईलाई छर्राले लागी घाईते भई उपचारको लागी घोपा धरान लगेको भन्ने सुचनाको आधारमा प्रहरी टोलीले उनलाई खोजतलास गरिरहेको थियो । उनलाई विहीबार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगरबाट पक्राउ गरि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर बुझाएको हो ।

पक्राउ परेका राईको घरभित्र लुकाई छिपाई राखेको एक नाल भरुवा बन्दुक समेत प्रहरीले बरामद गरेको छ । उनलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ज्यान मार्ने उद्योग र हातहतियार मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top