मन्त्री राईले आश्रममा मनाइन् जन्मदिन

२९ साउन ७८, शनिबार

३० साउन, विराटनगर ।

Advertisement

प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले आफ्नो जन्मदिन विराटनगर–१० को मानव सेवा आश्रममा मनाएकी छन् । आश्रममा आश्रित ८५ जनासँग बसेर उनले जन्मदिन मनाएकी हुन् ।

 

Advertisement

मन्त्री राईले आश्रममा रहेकाहरुलाई शुक्रबार साँझको खाना खुवाएकी थिइन् । मानव सेवा आश्रममा प्रदेश १ का विभिन्न जिल्लाहरुबाट उद्धार गरिएका सहयोगापेक्षी तथा सडक आश्रितहरु रहेका छन् । मन्त्री राईले प्रदेश १ सरकारले सडकआश्रित मानवमुक्त प्रदेश बनाउने अभियानमा रहेको बताइन् । उनले प्रदेश सरकारले मानव सेवा आश्रमसँगको सहकार्यमा विराटनगरमा सहयोगापेक्षी तथा सडक आश्रितहरुका लागि भवन पनि निर्माण भईरहेको बताइन् ।

Advertisement

मानव सेवा आश्रममा आयोजित कार्यक्रममा पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ, नेकपा एमाले खोटाङका अध्यक्ष राम दंगाल, नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल, उपाध्यक्ष पर्शुराम बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मानव सेवा आश्रमका अभिभावक पुनम दाहालले मानव सेवा आश्रमले अहिलेसम्म गरेका कामका बारेमा मन्त्री राईलाई जानकारी गराएकी थिइन् । यसअघि मन्त्री राईको पहलमा मानव सेवा आश्रममा रहेकाहरुलाई कोभिड १९ विरुद्धको खोप लगाईएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top