श्रीमतीलाई आगो लगाएर हत्या गर्ने यादवलाई आजीवन काराबासको सजाय

३० साउन, लहान।

सिरहाको औरहीगाउँपालिकाका एक युवकलाई आजीवन काराबासको फैसला सुनाइएको छ । जिल्ला अदालतले श्रीमतीलाई आगो लगाएर हत्या गरेका आरोपमा पक्राउ परेका औरही –५ का २६ वर्षीय विनोद यादवलाई शुक्रबार सो सजाय फैसला गरेको हो ।

विनोदले आफ्नी २१ वर्षीया श्रीमती अनितालाई आगो लगाई हत्या गरेको ठहर अदालतले गरेको थियो । जिल्ला न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले यस्तो फैसला गरेको अदालतले जनाएको छ । गत २०७६ माघ १० गते चारित्रिक आरोपमा विनोदले श्रीमतीलाई आगो लगाई हत्या प्रयास गरेका थिए । आगो लगाएपछि उनीले आफैँले श्रीमतीलाई उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पताल लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ सिफारिस गरिएको थियो ।

काठमाडौँको कीर्तिपुर मोडेल अस्पतालमा दुई दिनपछि गत माघ १२ गते बिहान अनिताको मृत्यु भएको थियो । मृतकका बुबा अशोक यादवले जिल्ला प्रहरी कार्यालयमा गत माघ १२ गते विनोदविरुद्ध किटानी जाहेरी दिएका थिए । माघ ११ गते पक्राउ परेका विनोद जिल्ला अदालतको आदेशमा गत फागुन ८ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।

आठ वर्षपछि फरार पक्राउ
भ्रष्टाचार मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाई फरार नबराजपुर गाउँपालिका–१ का ४६ वर्षीय नागेन्द्रप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीलाई रु ५० हजार घुस लिँदालिँदै गत २०६८ फागुन १७ मा काठमाडौँमा पक्राउ गरेको थियो । यतिबेला यादव रु ५० हजार धरौटीमा छुटेका थिए । यसपछि विशेष अदालतले २०७० असार ३१ मा भ्रष्टाचार गरेको ठहर गर्दै एक महिना २० दिन कैद र रु ५० हजार जरिवानाको फैसला सुनाएको थियो ।

अदालतको आदेशलगत्तैबाट फरार यादवलाई फैसला कार्यान्वयन गर्न अदालतको निर्देशनअनुसार खोजबिन गर्ने क्रममा करिब आठ वर्षपछि पक्राउ गरी कैद भुक्तानका लागि कारागार पठाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

यस्तै प्रतिबन्धित लागुऔषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले स१ह ६२५ नम्बरको सिटी रिक्सा जाँच गर्ने क्रममा रिक्साको पछाडि सिटमुनि कालो प्लाष्टिकको झोलामा लुकाइ राखिएको लागुऔषध सहित सखुवानन्कारकट्टी गाउँपालिका–३ परिहारपुर निवासी ३० वर्षीय घुरन यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीको साथबाट फेनारगन ९७ एम्पुल, नोफिन ९७ एम्पुल, डाइजिल्याप ९७ एम्पुल लागुऔषध बरामद भएको प्रनाउ बुढाथोकीले बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top