अफगानिस्तानको एक करोड ८४ लाख जनसंख्यालाई मानवीय सहयोग आवश्यकता : राष्ट्रसंघ

३० साउन ७८, शनिबार
Share this
717shares

३० साउन, संयुक्त राष्ट्रसंघ।

Advertisement

अफगानिस्तानका राहत कर्मीहरूले झन्डै चार करोड जनसङ्ख्यामध्ये एक करोड ८४ लाख जनसङ्ख्यालाई मानवीय सहयोगको आवश्यकता पर्न सक्ने संयुक्त राष्ट्र सङ्घले बताएको छ ।

देशभरि लडाइँ फैलिँदै जाँदा एक करोड ८४ लाख मानिसलाई मानवीय आवश्यकता पर्न सक्ने मूल्याङ्कन गरिएको राष्ट्र सङ्घका मानवीय सहयोग मामिला अधिकारीले बिहीबार बताएका हुन् ।

Advertisement

संयुक्त राष्ट्र सङ्घको मानवीय मामिलासम्बन्धी समन्वय कार्यालय (ओसिएचए) ले भनेको छ, “द्वन्द्व र अन्य खतराहरूबाट सुरक्षाको खोजीमा धेरै मानिसहरू काबुल र अन्य ठुला शहरहरूमा आइपुगेका छन् ।”

ओसिएचएले भनेको छ, “विस्थापित, द्वन्द्व, बाढी, लिङ्गसम्बन्धी मुद्दा र सुरक्षा निगरानीमा ध्यान केन्द्रित गर्दै मानवीय आवश्यकता र तत्काल आवश्यक प्रतिक्रियाबारे कार्यक्रम निर्धारण गर्न राष्ट्रसंघ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर–सरकारी सङ्गठनहरूबिच आन्तरिक मूल्याङ्कन भइरहेको पनि छ ।”

Advertisement

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका मुख्य प्रवक्ता स्टेफन डुजारिकले सञ्चारकर्मीसँगको नियमित भेटका क्रममा अफगानिस्तानको पछिल्लो घटनाक्रमबारे भने, “संयुक्त राष्ट्र सङ्घ र गैरसरकारी संस्था दुवैको मानवीय सहयोग समूह अफगानिस्तानमा रहन र उद्धार गर्न समर्पित रहेको छ तर सुरक्षा वातावरण अत्यन्त जटिल र चुनौतीपूर्ण छ ।”

डुजारिकले भने, “संयुक्त राष्ट्र सङ्घमा अफगानिस्तानका झन्डै तीन हजार ४०० राष्ट्रिय कर्मचारी र करिब ३०० अन्तर्राष्ट्रिय कर्मचारी रहेका भए पनि अहिले उनीहरूमध्ये अधिकांश कोभिड–१९ को महामारीका कारण अफगानिस्तान बाहिर रहनुपरेको छ । हामी द्वन्द्वरत सबै पक्षहरूसँग सम्पर्कमा छौँ ।”सिन्ह्वा

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top