कोरोना संक्रमित महिलाले जन्माइन् स्वस्थ्य शिशु

२९ साउन ७८, शनिबार

३० साउन, सल्यान ।

Advertisement

सल्यानमा कोरोना संक्रमित महिलाले नवजात शिशुलाई जन्म दिएकी छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि सल्यान जिल्ला अस्पतालको आइसोलेसनमा बसिरहेकी रुकुम पश्चिमकाे त्रिवेणी गाउँपालिका – ६ की २१ वर्षीया कोरोना संक्रमित सुजाता ओलीले स्वस्थ बच्चा जन्माएकी हुन ।

Advertisement

ओलीले स्वस्थ्य शिशु जन्माएको सल्यान जिल्ला अस्पताल सल्यानका मेडिकल अधिकृत डा. भीमकान्त जैसीले जानकारी दिए ।

साउन २४ गते रुकुम पश्चिम जिल्ला अस्पतालमा चेक गराउँदा कोरोना पोजेटिभ देखिएपछि उनलाई साउन २७ गते सल्यान जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

Advertisement

कोरोना पोजेटिभ गर्भवतीलाई स्वास्थ्य संस्थामा डेलिभरी गराइएको सल्यान जिल्लामै यो पहिलो भएको डा. जैसीले बताए । अहिले आमा र शिशुको अवस्था सामान्य रहेको र दुवैलाई होम आइसोलेसनमा पठाइएको उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top