३२ साउन, काठमाडौं ।
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । अल जजिराले जनाएअनुसार विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनी ताजिकिस्तान प्रस्थान गरेका छन् ।
सुरक्षाको कारण देखाउँदै राष्ट्रपति कार्यालयले भने औपचारिक जानकारी दिन अस्वीकार गरेको छ । तालिवानी अधिकारीहरु भने राष्ट्रपतिले मुलुक छाडेकोबारे आफूहरुले अध्ययन गरिरहेको जनाएका छन् ।
तालिबान समूहले देशका अधिकांश प्रान्तहरुमा कब्जा जमाएपछि राष्ट्रपति घानीलाई राजीनामाको दबाब आएको थियो ।अफगानिस्तानबाट अमेरिकी सेनाले फिर्ता भएकाे १० दिनमा तालिवान समूहले देशका अधिकांश भागमा कब्जामा लिएको छ ।
