माओवादी केन्द्रको विराटनगरका १९ वटै वडामा समिति, ६९ जना माओवादीमा प्रवेश

३१ साउन ७८, सोमबार

३२ साउन, विराटनगर ।

Advertisement

देशव्यापी रुपमा वड समिति निर्माणमा जुटेको नेकपा माओवादी केन्द्रले विराटनगर महानगरपालिकाका १९ वटै वडामा समिति निर्माण गरेको छ । माओवादी केन्द्र विराटनगरका सचिव हेमबहादुर कार्कीले दिएको जानकारी अनुसार हालसम्म ५ सय ५५ जना समितिमा आबद्ध भएका छन् भने ३ सय जना पछि थप गर्ने गरी समिति निर्माण गरिएको हो ।

माओवादीले विराटनगरमा आफ्ना ४ हजार ५ सय साधरण सदस्य रहेको जनाएको छ । कार्कीका अनुसार ३३ जनाको समिति निर्माणा भएको वडा नम्बर १ को अध्यक्ष र सचिवमा चन्द्रबहादुर बन र दिपकप्रसाद रिजाल रहेका छन् । यस्तै २ नम्बर वडामा शिवकुमार ठाकुर अध्यक्ष र मिश्रा अधिकारी सचिव रहेको १९ सदस्यीय, ३ नम्बर वडामा राम भट्टराई अध्यक्ष र किशोर पोखरेल सचिव रहेको ३३ सदस्यीय, ४ नम्बर वडामा द्रोणराज घिमिरे अध्यक्ष र रमेशकुमार अधिकारी सचिव रहेको १५ सदस्यीय समिति निर्माण भएको हो ।

Advertisement

विराटनगरको वडा नम्बर ५ को अध्यक्षमा तुलसीराम घिमिरे र बद्रे आलम सचिव रहेको ३४ सदस्यीय, वडा नम्बर ६ मा राजकुमार कामत अध्यक्ष र रवी ठकुरी रहेको ३८ सदस्यीय, वडा नम्बर ७ मा शिव कार्की अध्यक्ष र प्रकाश लुनिया सचिव रहेको २६ सदस्यीय, वडा नम्बर ८ मा जागिर मिया (सदाम) अध्यक्ष र खडानन्द बाँस्तोला सचिव रहेको २७ सदस्यीय समिति निर्माण भएको छ । यस्तै वडा नम्बर ९ को अध्यक्षमा मोइनुदिन अन्सारी ९राजा० र सचिवमा सूर्य बराल रहेको २४ सदस्यीय, वडा नम्बर १० को अध्यक्षमा मदन पाठक र सचिवमा केशवकुमार दास रहेको १५ सदस्यीय, वडा नम्बर ११ मा विनोद साह अध्यक्ष र दिनेश पौडेल सचिव रहेको १८ सदस्यीय समिति निर्माण भएको छ ।

वडा नम्बर १२ मा रामकुमार कामत अध्यक्ष र सन्तोष चापागाईं सचिव रहेको २१ सदस्यीय समिति निर्माण हुँदा वडा नम्बर १३ मा राज कर्ण अध्यक्ष र रामप्रसाद दुलाल सचिव रहेको २९ सदस्यीय समिति निर्माण भएको छ । यस्तै वडा नम्बर १४ मा बौवा तामाङ अध्यक्ष र राजेश यादव सचिव रहेको ३८ सदस्यीय समिति निर्माण हुँदा वडा नम्बर १५ मा ज्ञानबहादुर वि।क। अध्यक्ष र ध्रुव शाह सचिव रहेको ३० सदस्यीय समिति निर्माण भएको छ ।

Advertisement

यसैगरी वडा नम्बर १६ मा विक्रम माझी अध्यक्ष र धनराज शाह सचिव रहेको ३५ सदस्यीय, वडा नम्बर १७ मा मो। जुनेद मिया अध्यक्ष र मोसिम आलम सचिव रहेको ४५ सदस्यीय, वडा नम्बर १८ मा बासुदेव मण्डल अध्यक्ष र शशिमोद यादव सचिव रहेको ३१ सदस्यीय र वडा नम्बर १९ मा शिवराम थान्दार अध्यक्ष र भरतप्रसाद शाह सचिव रहेको ४४ सदस्यीय समिति निर्माण भएको कार्कीले जानकारी दिएका छन् ।

६९ जना माओवादीमा प्रवेश
यसैबीच विराटनगरको वडा नम्बर ६ मा विभिन्न पार्टी छोडेर ६९ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी नगरका सचिव कार्कीले दिएको जानकारी अनुसार प्रवेश गर्नेहरुमा पूर्व मालेका जिल्ला सचिव नारायण चौधरी, राजपा विराटनगरका इन्चार्ज मेहताव खान, बहुजन शक्ति पार्टीका मोरङ सुनसरी अध्यक्ष नारायण पासवान माओवादीमा प्रवेश गरेका हुन् ।

माओवादीमा प्रवेश गर्नेहरु अन्यमा शैकर पासवान, विजय शर्मा, मोहन कामत, जिया हुसैन, सीता पौद्धार, रमनीदेवी पासवानलगायत रहेका छन् । वडा समिति निर्माण गर्ने क्रममा उनीहरु पार्टी प्रवेश गरेको माओवादीले जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top