अफगानिस्तानकाे राष्ट्रपति कार्यालयमा तालिबान लडाकु, युद्ध अन्त्य भएको घोषणा

३२ साउन,एजेन्सी ।

विद्रोही तालिबान समूहले अफगानिस्तानमा विजय हासिल गरेको घोषणा गरेको छ । अन्तर्राष्ट्रिय समुदायको समर्थन प्राप्त एवम् २० वर्षसम्म अमेरिका नेतृत्वको सैन्य गठबन्धनको सहयोगमा टिकेको सरकार झुकेपछि तालिबानले विजय हासिल गरेको घोषणा  गरेकाे हाे ।

तालिबानका एक जना प्रवक्ताले अलजजिरासँगको कुराकानीमा युद्ध अन्त्य भएको बताएको छ । काबुलमा सूर्योदय भएसँगै चारैतिर तालिबानको सेतो झण्डा फहराएको देखिएको छ । ‘काबुल अराजकतामा गएको छ, स्थानीयबासी र विदेशी नागरिक काबुलबाहिर निस्किन खोजेका छन् ।’– बीबीसीले उल्लेख गरेको छ । एक जना स्थानीय प्रत्यक्षदर्शीका अनुसार काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीले आ-आफ्नो कार्यकक्ष छोडेका छन्, अन्य सयौं ब्यक्ति विमानतर्फ दौडिरहेका देखिन्छन् ।

आइतबार बिहानै काबुलको वरिपरि पुगेका तालिबान लडाकूलाई शहरबाहिर बस्न निर्देशन दिइएको थियो । तर अबेर राति मात्रै तालिबान लडाकू शहरभित्र प्रवेश गरेका थिए । सुरक्षाकर्मीले शहरभित्रको सुरक्षाको जिम्मेवारी छोडेपछि तालिबानका उच्च अधिकारीले अराजकता र लुटपाट रोक्न लडाकूलाई शहरभित्र पठाएको बताएका थिए । लगत्तै तालिबान लडाकू राष्ट्रपति आवासमा पुगेर हतियार प्रदर्शन गरेका थिए । राष्ट्रपति अशरफ घानी काबुल छोडेको केही घण्टापछि तालिबान राष्ट्रपति निवासमा पुगेको थियो ।

राष्ट्रपति घानी छिमेकी राष्ट्र उज्वेकिस्तानको टश्केन्त पुगेकाे जनाइएकाे छ । उनले सामाजिक सञ्जाल फेसबुकमा राजधानी काबुललाई रक्तपातबाट जोगाउन आफू कठिन निर्णयमा पुगेर देश छोडेको बताएका छन् ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top