अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने मन्त्रिपरिषद्को निर्णय

३२ साउन, काठमाडौं ।

Advertisement

सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय गरेको छ ।

सोमबार विहान बसेको मन्त्रिपरिषद्को बैठकले नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय गर्दै समन्वयात्मक रुपमा काम अगाढि बढाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको हाे ।

Advertisement

बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने ‘आज बसेको मन्त्रिपरिषद्को बैठकले अफगानिस्तामा विकसित घटनाक्रमप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपाली नागरिकहरूलाई सकुशल शीघ्र उद्धार गर्ने निर्णय भएको छ,’

अफगानिस्तानमा विद्रोही समूह तालिबानले कब्जा जमाएपछि राजधानी काबुलमा भयको वातावरण छ । विमानस्थलमा काबुल छाड्न चाहनेहरुको भागदौड देखिन्छ । त्यहाँ करिब १५ सय नेपालीहरु रहेको अनुमान छ । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सम्पर्कमा आउन आह्वान गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top