अखिल फोर्सद्वारा कलेजमा सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण

३१ साउन ७८, सोमबार

३२ साउन, काठमाडाैँ ।

Advertisement

केन्द्रीय अखिल फोर्सले सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको छ । सोमवार शंकरदेव क्याम्पसमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय कमिटीको समन्वयमा केन्द्रीय अखिल फोर्सले सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको हो ।

फोर्सले देशभरका विद्यार्थीका मागहरुलाई सम्बोधन गर्ने र मागहरुलाई उठाउने, शैक्षिक मुद्दाहरुमा केन्द्रित हुने र रचनात्मक काम गर्नेमा अखिल फोर्स लागि पर्ने योजनाअनुरुप काम गरिरहेको अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले बताए। उनले देशभरका आङ्गिक क्याम्पसहरुमा सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गर्ने बताए ।

Advertisement

उनले भने, “अखिल फोर्सले देशभरका विद्यार्थीका मागहरुलाई सम्बोधन गर्ने र मागहरुलाई उठाउने, शैक्षिक मुद्दाहरुमा केन्द्रित हुने र रचनात्मक काम गर्नेमा अखिल फोर्स लागि पर्ने योजनाअनुरुप काम गरिरहेको छ, हाम्रो केन्द्रीय कमिटीले पनि यही आदेश दिएको छ, देशभरका आङ्गिक क्याम्पसहरुमा सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गर्ने हाम्रो उद्देश्य हो, यो अभियान हामीले शंकरदेव क्याम्पसबाट थालेका छौँ ।”

त्यसैगरी शंकरदेव क्याम्पसकी उपप्रमुख मिखा श्रेष्ठले आङ्गिक कलेजहरुमा धेरै कुराहरु आवश्यक रहेकोले यस्ता कामहरु गर्दै जान सुझाइन् । उनले महिलाहरुको लागि गरेको यो काम उल्लेखनीय भएको भन्दै आङ्गिक कलेजका शौचालयमा यस्ता धेरै समस्याहरु रहेको उल्लेख गरिन् ।

Advertisement

उनले भने, “अखिल फोर्सले जुन अभियान शुरु गरेको छ, यो एकदमै राम्रो छ, यस्ता कामहरु गर्दै जानुपर्छ, यो एउटा शुरुवात हो, आङ्गिक कलेजमा धेरै कमि कमजोरीहरु छन्, यी सबै कुराहरु हामी सबै मिलेर गर्नुपर्छ ।”

अखिल फोर्सले कलेजमा महिलाहरुलाई पर्ने समस्याहरुलाई कलेज प्रशासनसहित कसैले पनि त्यति ध्यान नदिएको भन्दै त्यसलाई मध्यनजर गरेर यो अभियान शुरु गरेको उल्लेख गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top