मलेसियाका प्रधानमन्त्रीले दिए राजीनामा

३१ साउन ७८, सोमबार

३२ साउन, एजेन्सी ।
मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले राजीनामा दिएका छन्।  उनले सोमबार राजालाई राजीनामा पत्र बुझाएका हुन् ।

Advertisement

संसदमा बहुमत गुमाएसँगै उनले राजीनामा दिएका हुन्। विज्ञान तथा प्रविधि मन्त्री खैरी जमलुद्दिनले इनस्टाग्राममार्फत् प्रधानमन्त्रीले राजालाई राजीनामा दिएको घोषणा गरेका थिए।

‘मन्त्रिपरिषद्ले राजालाई राजीनामा दिएको छ,’ यासिन राजालाई भेटेर दरबारबाट बाहिरिएपछि उनले लेखेका थिए।

Advertisement

प्रधानमन्त्री पदमा नियुक्त भएको १८ महिना नबित्दै उनको राजीनामा आएको हो। गत वर्ष मार्चमा उनी प्रधानमन्त्री बनेका थिए। २२२ जना सासंद भएको संसदमा उनी झिनो बहुमत पाएर सत्तामा आएका थिए। तर पछिल्ला केही हप्तामा राजीनामा दिन उनलाई दबाब आइरहेको थियो।

अब त्यहाँ कसले सरकार बनाउँछ भन्ने खुलिसकेको छैन।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top