नेपाली जनताले अहिले पनि ‘वी मिस केपी ओली भनिरहेका छन् : महेश बस्नेत

३२ साउन, काठमाडौं।

Advertisement

नेकपा (एमाले) का सांसद महेश बस्नेतले नेपाली जनताले अहिलेपनि ‘वी मिस केपी ओली’ भनेर आवाज उठाएको बताएका छन् । साेमबार बसेकाे प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद् बस्नेतले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकारले अफगानिस्तानमा अलपत्र परेका १५ हजार नेपाली जनतालाई उद्धार गर्न कि ढिलाई गरिरहेको भनेर पनि प्रश्न गरेका छन् । अनलाईन फाराम मात्रै भरेर सरकार पन्छिन नमिल्ने उनको भनाई छ ।

Advertisement

सांसद बस्नेतले केपी ओली नेतृत्वको सरकारले हिजो कुन खालको भूमिका खेलेको थियो, त्यसबाट यो सरकारले सिक्न जरुरी रहेको पनि बताए । उनले अहिले नेपाली जनताले ‘के फेरि आन्दोलन गर्नुपर्ने हो ? के फेरि केपी ओलीलाई सरकारमा ल्याउनुपर्ने हो ?’ भनेर आवाज उठाएको पनि बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top