पाँचपोखरीमा जनै पूर्णिमा मेला नलाग्ने

३२ साउन ७८, मंगलबार

३२ साउन, सिन्धुपाल्चोक ।

जनै पूर्णिमाका अवसरमा वर्षेनी एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यो वर्ष पनि मेला नलाग्ने भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टाँसी लामाले कोरोना महामारी बढ्दो क्रममा रहेकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गरेका हुन् । गत वर्ष पनि कोरोनाका कारण मेला लागेको थिएन ।

मेला तथा जात्राले कोरोना सङ्क्रमण बढ्ने भएकाले मेला, जात्रा नगर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पोखरेलले जानकारी दिए । यो वर्षको जनैपूर्णिमा भदौ ६ गते परेको छ । विभिन्न जिल्लाबाट सर्वसाधारण मेला भर्न पाँचपोखरी पुग्ने गरेका थिए । समुद्री सतहबाट करिब चार हजार ६० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना ठूलो गरी पाँचवटा ताल रहेका छन् ।

यो पोखरी इन्द्रावती नदीको उद्गमस्थल हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तव्यमा सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरीलाई पनि छनोट गरेको छ । पाँचपोखरी मन्दिरमा ताजा मकै, काँक्रो, दूध लिएर भक्तजन चढाउन जान्छन् । विशेषगरी यहाँ जाने भक्तजन खेतिपातीमा उन्नतीको आशीर्वाद माग्ने गर्छन् । पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा आई पूजा गरेमा सुख, शान्ति र महिलाले शिव सरह श्रीमान् पाउने र बिहे पश्चात् सन्तान नहुनेको मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

महायज्ञ
असार १, साउन १७ तथा त्यसपछिको बाढी पहिराले क्षति पुर्याएपछि थप क्षति नहोस् भन्ने कामनासहित सिन्धुपाल्चोकको इच्छेश्वर महादेवको मन्दिर संरक्षण समितिले इच्छेश्वर महादेवको मन्दिर हेलम्बु– ६ पीपलचौर र नदी तटमा महायज्ञ लगाएको छ । महायज्ञ आजसम्म चल्नेछ ।

दुई दिनको विशेष पूजा आयोजना गरेको समितिले २० जना आचार्य गुरुद्वारा लघु रुद्री, चतुर्वेदका प्रत्येक मन्त्रद्वारा होम गरिने आचार्य नवराज भट्टराईले बताए । बाढीको वितण्डा अझै नरोकिएको र विश्वशान्तिको कामनाका लागि हेलम्बु गाउँपालिकाको आर्थिक सहयोगमा पूजा गरिएको उनले बताए । रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top