पर्यटनमा रोजगारी गुमाएकालाई स्वारोजगार बन्न १५ लाख

३२ साउन ७८, मंगलबार

काठमाडौं : कोभिड २९ का कारण पर्यटन क्षेत्रबाट रोजगारी गुमाएकाहरुले सहुलियत दरका कर्जा पाउने भएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिएको हो।

Advertisement

‘कोभिड १९ को कारण पर्यटन क्षेत्रमा रोजगारी गुामएका व्यक्ति स्वरोजगार हुनेगरी व्यवसाय सञ्चालन गर्न प्रवाह हुने १५ लाख रुपैयाँसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गण्ना गर्न सकिने व्यवस्था मिलाइने छ,’ नीतिमा भनिएको छ। वाणिज्य बैंकहरुले कुल कर्जाको ५ प्रतिशत, विकास बैंक तथा फाइनान्स कम्पन्नीहरुले कुल कर्जा प्रवाहको ४.५ प्रतिशत लगानी पर्यटनमा गर्नुपर्ने नीतिगत व्यवस्था छ।

यो व्यवसायसँगै प्रत्यक्षरुपमा पर्यटन क्षेत्रमा रहेका ३ लाख ७१ हजार १४० जना प्रत्यक्षरुपमा लाभान्वित हुने भएका छन् । केन्द्रीय तथ्यांक विभागले हालसालै जारी गरेको प्रतिवेदन अनुसार सन् २०१८ को अन्थ्यसम्म् पर्याटन क्षेत्रबाट प्रत्यक्ष रुपमा ३ लाख ७१ हजार १४० ले रोजगारी गुमाएको र यो क्षेत्र नेपालमा रोजगारी प्रदान गर्ने चौथो क्षेत्र भएको उल्लेख छ ।,याे समाचार कारोबार दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top