दल विभाजन गर्ने अध्यादेश प्रतिगामी निर्णय हो, फिर्ता लिन बाध्य पारौं: गोकर्ण विष्ट

१ भदाै, काठमाडौं।

Advertisement

नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै उनले यसप्रकारको प्रतिगामी निर्णयको सबैले बिरोध गर्नुपर्ने बताएका छन्।

सरकारले मंगलबार खुकुलो प्रावधान राख्दै दल विभाजन सम्बन्धी अध्यादेश सिफारिस गरेपछि विष्टको यस्तो प्रतिक्रिया आएको हो।सरकारलाई अध्यादेश फिर्ता लिन बाध्य पार्नुपर्ने विष्टको भनाइ छ।

Advertisement

उनले भनेका छन्, ‘यसले दलभित्र उत्पन्न हुने अन्तरबिरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढंगले समाधान खोज्नुको सट्टा विभाजनलाई प्रोत्साहित गर्नेछ। राजनीतिक अस्थिरता, अन्यौलता र अराजकता सृजना गर्नेछ। दलहरुप्रति विकर्षण र वितृष्णा पैदा गर्नेछ। अन्ततः यसले नेपालको राजनीतिमा दु:खद् परिणाम निम्त्याउनेछ।’

विष्ट एमालेभित्र नेपाल समूहमा छन्। माधव नेपालकै आग्रहमा सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो ।

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top