२ भदाै, काठमाडौँ ।
जनता समाजवादी पार्टीकाे महन्थ ठाकुर समूहले नयाँ पार्टी गठन गर्ने भएको छ । ठाकुर पक्षको बुधबारको बैठकले यसबार टुंगो लगाएको हो ।
जसपाका नेता शरतसिंह भण्डारीका अनुसार पार्टीको नाम ‘जसपा नेपाल लोकतान्त्रिक’ राख्ने निर्णय भएको छ । उनले कति पदाधिकारी हुने र कति सदस्यीय केन्द्रीय कमिटी बनाउने देखि संगठन संरचना कस्तो हुने भन्नेबारे छलफल जारी रहेको बताए ।
ठाकुरले आफ्नै नेतृत्वमा दल दर्ता गर्ने तयारी अन्तिम चरणमा पुर्याएका छन् ।