राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

२ भदाै, काठमाडौं।

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेकी छिन्। नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणिकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले सो अध्यादेश राष्ट्रपतिलाई सिफारिस गरेको थियो। अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्‍याएमा दल विभाजन गर्न सकिने व्यवस्था छ।

पार्टी फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याइएको भन्दै यसको चौतर्फी विरोध भइरहेको छ । राष्ट्रपतिले परामर्शपछि अध्यादेश जारी गरेकी हुन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.