खोप लगाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्न प्याब्सनकाे माग

४ भदौ ७८, शुक्रबार
Share this
819shares

४ भदाै, काठमाडौं।

Advertisement

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले विद्यार्थी र शिक्षक-कर्मचारीका लागि अविलम्ब खोपको व्यवस्थापन गरी माध्यमिक शिक्षा परीक्षा कक्षा १२ को परीक्षा सञ्चालन गर्न माग गरेको छ ।

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले विज्ञप्ति जारी गरी खोप व्यवस्थापनसहित १५ दिनको अवधि राखी तत्काल उक्त परीक्षा सञ्चालन गर्ने कार्यक्रम प्रकाशित गराई परीक्षाको सुनिश्चिता कायम गर्न सरकारसँग माग गरेका हुन् ।

Advertisement

कोरोना महामारीका कारण बन्द भएको बजार-व्यवसाय, उद्योग-कलकारखाना, सार्वजनिक यातायात पूर्णरुपमा खुलेको, त्रिभुवन विश्वविद्यालयलगायतका विश्वविद्यालयको परीक्षा कार्यक्रम यथावत रहेको, लोकसेवा आयोगले लिने परीक्षाहरु सुचारु रहेको, विश्वविद्यालयका शिक्षक तथा विद्यार्थीका लागि खोपको समेत व्यवस्थापन भएको सन्दर्भमा कक्षा–१२ को अन्तिम परीक्षा स्थगन हुन नहुने विज्ञप्तिमा भनिएकाे छ । साथै उक्त परीक्षा रोकिँदा लाखौँ विद्यार्थीको एक शैक्षिक सत्र खेर जाने खतरा भएकाले चाँडो परीक्षा तय गर्न माग गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७७ साल कात्तिक २० गते जारी गरेको “विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७” द्वारा निर्देशित विधिको पूर्ण पालना गर्ने गरी महामारीको सङ्क्रमण कम हुँदै गएका क्षेत्रमा भौतिकरुपमा क्रमशः विद्यालय खोल्ने निर्णय पालिकास्तरमा गर्नसक्ने वातावरण बनाइदिन पनि प्याब्सनले सरकारसँग आग्रह गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top