NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
उज्यालो अभियान्त कुलमान सबैको किन तारो बने ? बिहिबार मंसिर २५ , २०८२
जेनजी परिवर्तनले नछोएको कांग्रेस, मैदानमा सबै बृद्ध बिहिबार मंसिर २५ , २०८२
ओली पाण्डव हुन् ?बालुवाटारबाट भागेका होइनन्,जेनजी सम्झौता कलाविहीन बिहिबार मंसिर २५ , २०८२
१४ करोडमा अमेरिकी गोल्डेन भिसा योजना सुरु, के छ खास ? बिहिबार मंसिर २५ , २०८२
रविको मुद्दा आजपनि स्थगित, हेर्न नमिल्नेमा बिहिबार मंसिर २५ , २०८२
Next
Prev

समाचार

देशकै ठूलो मानव निर्मित तालमा चल्न थाल्यो जेटबोट

शुक्रबार भदौ ४ , २०७८
Reading Time: 1 min read
A A
देशकै ठूलो मानव निर्मित तालमा चल्न थाल्यो जेटबोट
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ भदाै, सर्लाही ।

सर्लाहीको वाग्मती नगरपालिका– १२ स्थित मानव निर्मित ठूलो मानिएको भरत तालमा जेटबोट चल्न थालेको छ । ताल निर्माणको कार्य पूर्णरुपमा नसकिए पनि असार १० गतेदेखि तालमा जेटबोट सञ्चालनमा ल्याइएको छ ।

पूर्वपश्चिम लोकमार्गदेखि करिब दुई किलोमिटर दक्षिणतर्फ रहेको सो मानव निर्मित तालमा ३५ सिटे जेटबोट सञ्चालनमा ल्याइएको छ ।

LS Auto

वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाका अनुसार मोटरबोट सञ्चालनमा आएदेखि सो ताल पर्यटकीय केन्द्र बनेको छ । यहाँ यो ताल हेर्न र जेटबोट चढ्न देशका विभिन्न ठाउँबाट दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

नगर प्रमुख थापाको विशेष पहलमा करिब १२१ बिघा क्षेत्रफलमा निर्माण गरिएको यस तालको गहिराइ ४५ फिट छ । गर्मी याममा यहाँ मोटरबोट चढेर आनन्द लिन र मनोरञ्जनका लागि स्थानीय र वरपरका जिल्लाका पर्यटक यहाँ आउन थालेका छन् ।

बिदाको दिन परिवारसहित ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ आउने गरेको पाइन्छ । यस तालमा हंसराज प्रजातिको हाँस पालिएको छ र आगामी दिनमा माछा पालन गरिने नगरपालिकाले योजना बनाएको छ ।

नगरपालिकाभित्रका करिब एक हजार २०० बेरोजगार युवालाई रोजगारी दिने योजनाका साथ तालको निर्माण सुरु गरिएको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिए । उनका अनुसार नगरको अर्थोपार्जनका लागि ताल महत्त्वपूर्ण स्रोत बन्न सक्छ ।

यस ताललाई व्यवस्थित गर्दै बगैँचा, पार्क र वनभोज स्थलका रुपमा पनि विकास गरिने योजना नगरपालिका छ । यहाँ मोटरबोट सवार भएर केही समय घुम्दा पोखराको फेवाताल जत्तिकै मनोरञ्जन प्राप्त भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी भीमेश्वर पोख्रेलले बताए ।

बिदाका दिन आफू पनि मनोरञ्जन गर्न तालमा घुम्न आउने गरेको र गर्मी मौसममा तालमा बोट चढेर घुम्दा पोखराको फेवातालको झल्को मेटिने गरेको उनको अनुभव छ । अझै तालका बीचमा बन्दै गरेको रिसोर्ट (होटल प्यालेस) ले रानीपोखरी र पोखराको फेवातालबीचमा रहेको ‘ताल बराही’को याद आउने उनले बताए ।

अझ मानव निर्मित यस ताल टिकटक बनाउने ठाउँका रूपमा समेत प्रख्यात हुँदै आएको छ । यहाँ आउने करिब ९० प्रतिशत पर्यटकले रमणीय वातावरण देखेर टिकटक बनाएर फर्किने गरेका छन् । कलकल बग्ने वाग्मती नदी र छेउमा बन्दै गरेको रेलको लिगले हरेक पर्यटकको मन लोभ्याउने गर्दछ । यस तालको हालसम्मको कूल लागत करिब रु ३० करोड अनुमान गरिएको भए पनि लागत खर्च सार्वजनिक गरिएको छैन ।

सोही तालको अध्ययन अवलोकन भ्रमणमा आएका तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले वाग्मती नगरपालिकाका नगरप्रमुख थापासँग भेट गरी पर्यटन क्षेत्रको विकासका विषयमा छलफल गरेका छन् ।

सो तालमा ‘नेपाल सिट एण्ड बोट बिल्डिङ’ कम्पनीद्वारा उत्पादन गरिएका राइनोज, फिस्टेल, जेट बोट नामका मोटर बोट सञ्चालन हुने नेपाल सिट एण्ड बोट बिल्डिङ कम्पनीका अध्यक्ष लेखनाथ पौडेल जानकारी दिए ।

साथै ३०० सिट क्षमताको तीन तले मिनी क्रुजको पनि डिजाइन भइरहेको र यसमा २६ वटा डिलक्स कोठा, रेष्टुरेन्ट र सेमिनार हल रहने बताइएको छ । उक्त क्रुजमा जापान र चीनमा बनेका इन्जिन जडान गरिनेछ ।

यस ताल र यसको वरपरको पर्यटकीय विकासको अध्ययन र अवलोकन भ्रमणका लागि देशका विभिन्न पालिकाका जनप्रतिनिधिहरू आउने गरेका छन् । रासस

लोकप्रीय

कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?

उज्यालो अभियान्त कुलमान सबैको किन तारो बने ?

बिहिबार मंसिर २५ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

जेनजी परिवर्तनले नछोएको कांग्रेस, मैदानमा सबै बृद्ध

बिहिबार मंसिर २५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओली पाण्डव हुन् ?बालुवाटारबाट भागेका होइनन्,जेनजी सम्झौता कलाविहीन

बिहिबार मंसिर २५ , २०८२

विचार

थप समाचार

कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?
ताजा समाचार

१४ करोडमा अमेरिकी गोल्डेन भिसा योजना सुरु, के छ खास ?
अन्तर्राष्ट्रिय

१४ करोडमा अमेरिकी गोल्डेन भिसा योजना सुरु, के छ खास ?

बिहिबार मंसिर २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

World News: नेपाल र भारतका सेनाको संयुक्त अभ्यास, पाकिस्तानमा आत*ङ्क*बादी ह*म*ला || Nepal Times

00:19:13

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

00:22:47

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?

उज्यालो अभियान्त कुलमान सबैको किन तारो बने ?

बिहिबार मंसिर २५ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

जेनजी परिवर्तनले नछोएको कांग्रेस, मैदानमा सबै बृद्ध

बिहिबार मंसिर २५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओली पाण्डव हुन् ?बालुवाटारबाट भागेका होइनन्,जेनजी सम्झौता कलाविहीन

बिहिबार मंसिर २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.