×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पर्यटन मन्त्रालयले श्रेष्ठलाई विज्ञ समूहबाट हटायो

२४ असार २०७५

काठमाडौँ, असार २४

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन क्षेत्रको विज्ञ समूह (थिङट्याङ्क ग्रुप) को सूचिबाट हरिभक्त श्रेष्ठलाई हटाएको छ । उक्त विज्ञ समूहमा एटिएम र हवाई कानून विषयमा विज्ञ श्रेष्ठको मनोनयन सम्बन्धमा केही सञ्चार माध्यममा प्रकाशित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै श्रेष्ठलाई विज्ञ सूचीबाट हटाइएको हो ।

Advertisement
Advertisement

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै मन्त्रीस्तरको आजको निर्णयअनुसार निज श्रेष्ठको नाम विज्ञ सूचीबाट हटाइएको जानकारी गराएको छ । नेपालको नागरिक उड्डयनको विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका महानुभावहरुको ज्ञान, सीप, दक्षता र अनुभवलाई प्रयोग गर्ने उद्देश्यका मन्त्रालयले गत चैत २५ को निर्णयबाट यस क्षेत्रको विज्ञ समूह गठन गरेको थियो ।

नागरिक उड्डयनका क्षेत्रमा आवश्यक परेका बखत तोकिएका निश्चित क्षेत्रमा सुझाव तथा राय परामर्श दिने प्रमुख जिम्मेवारी रहेको उक्त समूह अवैतनिक तथा अन्य कुनै किसिमको व्ययभार नेपाल सरकारलाई नपर्ने गरी गठन गरिएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लाउडा काण्डका आरोपितलाई विज्ञ समूहमा नियुक्ति गरेको भन्दै विभिन्न सञ्चार माध्यममा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको आलोचना भएको थियो । बहुचर्चित लाउडा विमान भ्रष्ट्राचार प्रकरण काण्डमा दोषी ठहर गरिएका अभियुक्त हरिभक्त श्रेष्ठलाई तत्कालीन शाही नेपाल वायु सेवा निगमको अध्यक्ष हुँदा बेलायतको लाउडा एयरको विमान भाडामा लिने सम्झौता गरेको आरोप लागेको थियो ।

निगमसँग आफ्नै विमान रहेको र चाइना साउथवेष्टर्नसँग भाडामा लिने सम्झौता भइसकेको अवस्थामा थप विमान नचाहिने भन्दै तत्कालीन अवस्थामा संसद्मै हंगामा भएको थियो । यो काण्डबाट निगमले झण्डै दुई अर्ब नोक्सान बेहो¥यो । विसं २०५७ मा निगम र अष्ट्रियाको लाउडा एयरबीच विमान भाडामा लिने सम्झौता गरेका श्रेष्ठमाथि लाउडा विमान भाडा प्रकरणमा अख्तियारले रु ३८ करोड ९७ लाख ६७ हजार ३१ बिगो र जरिवाना मागदाबी गरेको थियो ।
रासस

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top