४ भदाै, काठमाडौं।
मलेसियाको प्रधानमन्त्रीमा इस्माइली सब्री याकूब नियुक्त भएका छन् । मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले शुक्रबार उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार ६१ वर्षीय सब्री ‘यूनाइटेड मलेसिया नेशनल अर्गनाइजेशन’का वरिष्ठ सदस्य हुन्। गत् सोमबार बहुमत गुमाएपछि प्रधानमन्त्री मुहिद्दीन यास्सीनले प्रधानमन्त्री पदबाट राजिनामा गरेका थिए ।
सब्री यसअघि उपप्रधानमन्त्री बनिसकेका छन् । सब्रीले मुहिद्दीन नेतृत्वको सरकारमा उपप्रधानमन्त्री नियुक्त हुनुअघि गत जुलाइ महिनामा रक्षा मन्त्रीको कार्यभार सम्हालेका थिए ।
