विदुषी योगमाया विश्वविद्यालय स्थापना हुने

काठमाडौँ, असार २४

कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले विदुषी योगमाया विश्वविद्यालय स्थापनाका लागि कानूनी प्रबन्ध भइरहेको बताएका छन्। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जावाफ दिँदै मन्त्री तामाङले सो जानकारी दिएका हुन्।

मन्त्रिपरिषद्को केही दिनअघिको बैठकले सो विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । मन्त्री तामाङले असोज ३ भित्रै मौलिक हकसम्बन्धी कानून ल्याइसक्ने भन्दै त्यसका लागि तयारी भइरहेको उल्लेख गरे । मन्त्री तामाङले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकलाई कानूनी सहायता दिने गरी कानूनी व्यवस्था गरिएको बताए । उनले न्यायालयलाई स्वच्छ र पारदर्शिता बनाउने प्रतिबद्धता व्यक्त गरे ।

Advertisement

गुठी र भूमि व्यवस्थासम्बन्धी ऐन तयार हुँदै गएकाले गुठीको जग्गाको व्यवस्थापन गरिने विश्वास व्यक्त गर्दै उनले पूर्वाधार विकासमा कुनै अप्ठ्यारो नहोस् भन्ने विषयमा सरकारले विशेष ध्यान दिने बताए । नियम निलम्बन गर्नु राम्रो विषय नभएको भन्दै सरकारले नियमित प्रक्रियाअनुसार विधेयक ल्याएर संसद्ले पर्याप्त छलफल गर्न सकिने अवस्था गर्ने मन्त्री तामाङले स्पष्ट पारे ।

राष्ट्रिय सभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ भने सोही बैठकमा विनियोजन विधेयकमाथिको अन्य मन्त्रालयको छलफल हुनेछ ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top