अर्थोपेडिक सर्जनको सम्मेलन विराटनगरमा हुने

२५ असार ७५, सोमबार
Share this
682shares

मोरङ, असार २५

Advertisement

हाडजोर्नीका क्षेत्रमा भएका नवीनतम उपलब्धिको बारेमा अनुभव आदानप्रदान गर्ने उदेश्यले अर्थोपेडिक सर्जनको अन्तर्राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ । अर्थोपेडिक एशोसिएशन विराटनगरका वरिष्ठ उपाध्यक्ष डा रमेश बस्नेतका अनुसार अर्थोपेडिक एशोसिएशनको विराटनगरमा बसेको बैठकले विश्वभरका हाडजोर्नीसम्बन्धी चिकित्सकको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको हो ।

सम्मेलन फागुन २ र ३ गते हुनेछ । सम्मेलनमा जापान, सिंगापुर, डेनमार्क, पाकिस्तान, श्रीलंका, भारतलगायत देशका दर्जनौँ अर्थोपेडिक सर्जनको सहभागिता रहने छ । अर्थोपेडिक एशोसिएशन विराटनगरका अध्यक्ष डा नवीन कर्णका अनुसार प्रदेश १ को मेची र धरानमा कार्यरत थप हाडजोर्नीका विशेषज्ञ चिकित्सकलाई संलग्न गराएर प्रदेशस्तरीय एशोसिएशन गठनको समेत तयारी भइरहेको छ ।

Advertisement

यसैगरी हाडजोर्नीको उपचारमा संलग्न विराटनगरका विशेषज्ञ चिकित्सकको भेलाले ११ सदस्यीय अर्थोपेडिक एशोसिएशन विराटनगर गठन भएको छ । केन्दीय अध्यक्ष डा बुलन थापाको उपस्थितिमा आयोजित भेलाले डा कर्णको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष डा बस्नेतसहित उपाध्यक्षमा डा प्रकाश सिटौला, कोषाध्यक्षमा डा रञ्जीत झा, सचिवमा डा नवीन सुवेदी र सहसचिवमा डा योगेन्द्र गुप्तालाई मनोनयन गरेको छ ।

त्यसैगरी सदस्यमा डा सञ्जय साह, डा सन्तोष थापा, डा सुमन कुँवर डा विभूति मिश्रा, डा रवीन श्रेष्ठ रहनुभएको छ ।
रासस

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top