कप्तान बेन्जिमाले गरे रियल मड्रिडसँग थप एक वर्षको सम्झौता

४ भदौ ७८, शनिबार

५ भदौ, काठमाडौ ।

Advertisement

रियल मड्रिडका कप्तान करिम बेन्जिमाले क्लबसँग थप एक वर्षको सम्झौता गरेका छन् । थप गरिएको सम्झौतासँगै बेन्जिमा सन् २०२३ सम्म रियल मड्रिडमा रहने भएका छन् ।

सम्झौताले बेन्जिमाको रियल मड्रिडमा १४ वर्ष पूरा हुने भएको छ । ३३ वर्षका बेन्जिमा सन् २००९ मा रियल मड्रिडमा अनुबन्धित भएका थिए । उनले अहिलेसम्म १२ वर्षको अवधिमा २८१ गोल गरेका छन् ।

Advertisement

उनले क्लबका सर्वाधिक गोलकर्ताको सूचिमा पाँचौँ स्थानमा छन् । उनले गएको हप्ता यो सिजनको सुरुवाति खेलमा एलाभेसलाई ४–१ ले पराजित गर्ने क्रममा दुई गोल गरेको थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top