अस्ट्रेलियाको न्यूसाउथवेल्समा ८ सय २५ कोरोना सङ्क्रमण थपिए

५ भदौ, सिड्नी ।

Advertisement

पछिल्लो २४ घण्टामा अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा ८ सय २५ नयाँ कोरोना सङ्क्रमण थपिएका छन् । यो सङ्ख्या कोरोना महामारीको शुरुवातदेखि २४ घण्टामा रेकर्ड गरिएको सबैभन्दा उच्च सङ्ख्या हो ।

त्यसैगरी राज्यमा कोरोना सङ्क्रमणबाट तीनजनाको मृत्यु भएको छ । योसँगै हालसम्म न्यूसाउथवेल्स राज्यमा डेल्टा भेरिएन्टको सुरुवात भएदेखि मृत्यु हुनेको सङ्ख्या ६८ पुगेको छ ।

Advertisement

राज्यकी प्रिमियर ग्लेडिज बेरिजिक्लिनले कोरोना सङ्क्रमितको सङ्ख्या उकालो लागे पनि खोप लगाउने दर अत्यन्तै महत्वपूर्ण रहेको बताइन्।

‘एकपटक खोपको दुवै डोज लगाउने दर ७० प्रतिशतमा पुग्यो भने त्यतिवेला कति सङ्क्रमित भए भन्दा पनि खोपको दर महत्वपूर्ण हुनेछ ।

Advertisement

हाम्रा लागि सबैभन्दा महत्वपूर्ण नाप भनेको मानिसहरूलाई अस्पतालबाट बाहिर राख्नु हो ।’ प्रिमियर बेरिजिक्लिनले नियमित प्रेस ब्रिफिङका क्रममा बताइन् ।

समुदायको खोपको महत्वलाई प्राथमिकता दिँदै प्रिमियर बेरिजिक्लिनले अहिलेको दरमै राज्यमा खोप अभियान सम्पन्न भएमा पूर्वानुमान गरिएको समयअगावै खोप लगाउन सफल हुने कुरा पनि उनले बताइन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top