अझै ५६ जिल्लामा निषेधाज्ञा कायमै

५ भदाै, काठमाडौं।

कोरोनाभाइरस कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर रोक्न लागू गरिएको निषेधाज्ञा हाल ५६ जिल्लामा लागू छ ।जसमध्ये १३ जिल्लामा अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको गृह मन्त्रालयले जनाएको छ ।

चैत दोस्रो सातादेखि शुरु भएको कोरोना महामारीको दोस्रो लहर रोक्न सरकारले गत वैशाखदेखि विभिन्न मितिबाट लागू हुने गरि जारी गरेको निषेधाज्ञा हाल ५६ जिल्लामा मात्र लागू भएको गृहले जनाएको हो ।

Advertisement

गृह मन्त्रालयका अनुसार बाँके, पर्सा, दाङ, बागलुङ, सल्यान, प्यूठान, पर्वत, बैतडी, दैलेख, महोत्तरी, रोल्पा, म्याग्दी र मुगु जिल्लामा अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं उपत्यकालगायत तराईका विभिन्न जिल्लामा पाँच सय र पहाडी जिल्लामा दुई सयभन्दा बढी सङ्क्रमित फेला परेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार जारी गरेको विवरणमा प्रदेश १ को मोरङ, सुनसरी र झापा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक र नुवाकोट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा र स्याङ्जा, लुम्बिनी प्रदेशको दाङ र रुपन्देही, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा पाँच सयभन्दा माथि सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै प्रदेश १ को धनकुटा र इलाम, प्रदेश २ को धनुषा, बारा, सप्तरी र सिराहा, बागमती प्रदेशको धादिङ, सिन्धुली र रामेछाप, गण्डकी प्रदेशको तनहुँ, लमजुङ र पर्वत, लुम्बिनी प्रदेशको गुल्मी, पाल्पा, बाँके र बर्दिया, कर्णाली प्रदेशको जुम्ला र सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा दुई सयभन्दा माथि सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणको दोस्रो चरणको लहरका कारण सङ्क्रमितको सङ्ख्या फेरि बढ्दै गएपछि अकालमै ज्यान गुमाउनेहरुको सङ्ख्या पनि बढ्दै गएको छ ।

शुक्रबार तीन हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top