दुई सय वर्ष पुरोना राधाकृष्ण मन्दिरको पुनर्निर्माणपछि उद्घाटन

५ भदौ ७८, आइतबार

५ भदाै, भक्तपुर।

सूर्यविनायक नगरपालिका दधिकोटस्थित तर्खगालमा रहेको दुई सय वर्ष पुरानो राधाकृष्ण मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माण प्राधिकरणको रु ४८ लाख ६२ हजार एक सय ७० को लागतमा पुरातत्व विभाग तथा दरबार हेरचाह कार्यालय भक्तपुरले पुनर्निर्माण सम्पन्न गरेको उक्त मन्दिरको आज भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले उद्घाटन गरे ।

सो अवसरमा उनले सूर्यविनायक नगरपालिका क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहँदा यस्तो ऐतिहासिक एवं पुर्खा देखिको सम्पदाले पुनर्जीवन पाउँदा पर्यटकलाई थप आकर्षित पार्ने बताए । उनले भक्तपुरमा महाभूकम्पले ढालेका र जीर्ण बनाएका अधिकांश मठमन्दिर, सम्पदा र सत्तलहरू छिटो पुनर्निर्माण गर्न आफूले चालेको अभियान तथा पहलले सार्थकता पाएको बताए ।

उनले भने, “भूकम्पले ढालेका अधिकांश मठमन्दिर, पाटी, सत्तल, विद्यालय, स्वास्थ्य संस्था र सार्वजनिक संस्थाका भवनहरुले पुनर्जीवन पाएका छन्, त्यसका लागि मैले सरकार र पुनर्निर्माण प्राधिकरणसँग गरेको पटकपटकको प्रयासले सार्थकता पाएको छ ।” उनले सूर्यविनायक नगरपालिका क्षेत्र आफैंमा सुन्दर र पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएकाले सरकारले यसलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने माग गर्दै यहाँको विकासले कोल्टे फेरेसँगै सबैको आकर्षण बनेको बताए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले यस नगरपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरेको बताउँदै शिव सर्किटलाई पूर्णता दिन नगरपालिका लागिरहेको बताए । सङ्घ, प्रदेश र नगरपालिकाको बजेटले सूर्यविनायक नगरपालिका क्षेत्रको विकासले चार वर्षमै फड्को मारेको उनले बताए ।

वडा नं ४ का वडाध्यक्ष उत्तम थापा तथा ७ का वडाध्यक्ष रवीन्द्र सापकोटा लगायतले सूर्यविनायकको विकासमा भएको प्रगतिका बारेमा चर्चा गरे । राधाकृष्ण मन्दिर संरक्षण समितिका अध्यक्ष जयराज न्यौपानेले दुई सय वर्ष अगाडि मन्दिर बनेको शिलालेख भेटिएको यस मन्दिरको पुनर्निर्माणमा स्थानीयवासीले पनि सहयोग पुर्याएको बताए ।

समितिका सदस्य एवं कार्यक्रम संयोजक गोपी न्यौपानेले मन्दिरको पुनर्निर्माणमा स्थानीयबासीबाट रु आठ लाख ६५ हजार सङ्कलन भई मन्दिरमा तामाको मुठल, शिरबन्दी, घण्टा, ढलौटको राधाकृष्णको मूर्ति, गणेशको मूर्ति, पित्तलको छानोसहितको रथ, बहुमुखी धारो, मन्दिर वरिपरि दियो, झल्लर, मन्दिरमा बार लगायतको संरचना निर्माण गरेको बताए ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top